रामेश्वरी माविको ५४ औं वार्षिकोत्सव

एजेन्सी
चैत्र १८, २०७५
rameshwori_Fotor

पोखरा, १७ चैत। रामेश्वरी माध्यमिक विद्यालय पोखरा–१४, मझेरीपाटनको ५४औं वार्षिकोत्सव एवम् पुरस्कार वितरण समारोह सम्पन्न भएको छ।

समारोह उद्घाटन प्रमुख अतिथि पूर्व स्वास्थ्यमन्त्री एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले गरेका थिए। उनले विद्यालयको कम्प्युटर शिक्षालाई सहयोग पुर्याउन आवश्यक कम्प्युटर सहयोग गर्ने प्रतिबद्धता गरे।

कार्यक्रममा जिल्ला समन्वय समिति अध्यक्ष बैनबहादुर क्षेत्री अधिकारी, पूर्व सभासद तेजकुमारी पौडेल र चूडामणि जंगलीले विद्यालयको लागि आफूहरूले सक्दो सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा भयरीश्वरी आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष जंगबहादुर कुँवर, शुक्रराज बलभद्र मावि व्यवस्थापन समितिका नवनिर्वाचित अध्यक्ष रोमबहादुर कार्की, समाजसेवी जेबी कुँवर र नि.वर्तमान अध्यक्ष क्षेत्रबहादुर कुँवरले शुभकामना मन्तव्य राखेका थिए।

विद्यालयले शिक्षाप्रेमीद्वारा स्थापित अक्षयकोषबाट अक्षयकोष संस्थापक जेबी कुवँर, उमा पन्थी, खीमबहादुर कार्की, होमबहादुर कार्की, ललित कार्की, मीनबहादुर केसी, पूर्व एसएसपी कृष्ण थापाले गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरे।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामजीप्रसाद ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयको विविध शैक्षिक एवम् अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण गरिएको थियो।

कार्यक्रममा विद्यालय प्रअ तुलसीप्रसाद चापागाईंले विद्यालयको शैक्षिक एवम् आर्थिक प्रतिवेदन पेश गरेका थिए भने सञ्चालन शिक्षक कमलराज ढुंगानाले गरेका थिए।

सो अवसरमा विद्यार्थीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • जलारी समुदायबारे वृत्तचित्र

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको…
  • रोजगार खोज्दै मेलामा

    विजय नेपाल वैशाख १२, २०८१
    पोखरा । पोखरा मालेपाटनकी ४० वर्षीया संगीता केसीले केही नोकरी पाइन्छ कि ? भन्दै मंगलबार एक स्टल सञ्चालकसमक्ष जिज्ञासा राखिन्…
  • पोखरा भिलेज अब चारतारे

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा लेकसाइडस्थित होटल पोखरा भिलेज रिसोर्ट एन्ड स्पा स्तरोन्नतिसहित फोरस्टार होटलको रुपमा सञ्चालन गरिएको छ । २०६६ सालबाट…
  • पोखरा १० का सामुदायिक विद्यालयलाई स्टे्सनरी सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा १० ले वडाभित्र रहेका सामुदायिक विद्यालयलाई स्टेसनरी सामग्री वितरण गरेको छ । वडाभित्र रहेको ३ वटा सामुदायिक…
  • भुजेल समाजको रक्तदान

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । भुजेल समाज जिल्ला समन्वय समिति कास्कीले नव वर्षको उपलक्ष्यमा शनिबार खुला रक्तदान आयोजना गरेको छ । नेपाल आदिवासी…

hero news full width