राइजिङ स्टार युथ क्लबद्वारा सरसफाइ

आदर्श समाज सम्वाददाता
चैत्र १८, २०७५
riging star club_Fotor

लेखनाथ, १७ चैत। राईजिङ स्टार युथ क्लबको ३३ औ हप्ताको सरसफाइ अभियान विजयपुर नहरमा केन्द्रित भएको छ।

क्लबले शनिवार रिठेपानी क्षेत्रमा सिँचाइ सुविधा पुर्याउने शाखा नहर सरसफाइ गरेको क्लब अध्यक्ष विष्णु गुरुङले जानकारी दिए।

क्लब पदाधिकारी, स्थानीय आमा समूह, नहरका प्रतिनिधि लगायत स्थानीयको उल्लेख्य सहभागिता रहेको टोलीले नहरमा अबदेखि कोही कसैले फोहोर नफान्न अनुरोध गरेको थियो।

थोरै भए पनि समाजसेवा गरौं भन्ने मूलनाराका साथ शुरु अभियान टोलीले आप्mनो घरबाट निस्कने फोहोर आफैले ब्यवस्थापन गर्नुपर्छ भन्ने सन्देश दिँदै सब्य नागरिकको परिचय दिन समेत आग्रह गरेको थियो।

यसैगरी, पोखरा ३१ मा रहेको बेगनासय युवा क्लबले पनि हरेक हप्ता गर्दै आएको सरसफाइ कार्यक्रमअन्तर्गत शनिवार बेगनासताल बजारको मुख्य बजार बसपार्क र ताल किनारामा ५३ औं हप्ताको सरसफाइ अभियान सम्पन्न गरेको क्लब अध्यक्ष रामबहादुर रानाभाटले जानकारी दिएका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width