दमौली, १७ चैत। पोखरा महानगरपालिका–८ न्यूरोड निवासी जितेन्द्रमान शाक्य उमेरले ४९ वर्ष पुगे उनले हालसम्म ६५ पटक रक्तदान गरिसकेका छन ।
पोखरामा आयोजना हुने रक्तदान कार्यक्रममा रक्तदान गर्दै आएका उनले रगतको अभावमा कोही कसैले अकालमा ज्यान गुमाउन नपरोस् भनेर जनचेतना फैलाउदै हिडिरहेका छन् ।
रगत दान गरेपछि मान्छे कमजोर हुन्छ भन्ने भ्रम अझै पनि समाजमा कायमै छ । कसैलाई रगतको अभाव भएको खण्डमा हत्तपत्त मानिस रगत दिन अगाडि सर्दैनन् । त्यही भ्रमलाई चिर्दै रक्तदानको प्रेरणा जगाउन शाक्यले हरेक पटक रक्तदान गरेपछि एक सय किलोमिटर साइकल यात्रा गर्दै आएका छन् । शनिबार अन्नपूर्ण एफएमले पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा ६५औँ पटक रक्तदान गरेपछि दमौलीसम्मको साइकलयात्रामा निस्किएका उनले रक्तदान गरिसकेपछि मानिस कमजोर हुन्छ भन्ने मानसिकता हटाउन साइकलयात्रा गरेको बताए ।
हरेक पटक रक्तदान गरिसकेपछि एक सय किलोमिटरको साइकलयात्रा गर्ने गरेको छु । यसको मुख्य उद्देश्य रक्तदानले मानिस कमजोर हुन्छ भन्ने भ्रम चिर्नु हो, उनले भने – लायन्स क्लब अफ पोखरा मुनालका अध्यक्ष एवं साइकल सिटी पोखराका निवर्तमान अध्यक्षसमेत रहेका उनले रक्तदानले मानिसलाई थप स्वस्थ बनाउन सहयोग पुग्ने बताए ।
पोखरादेखि दमौलीसम्मको ४९ किमी यात्रा उनले साइकलमा करीब दुई घण्टाको अवधिमा पूरा गरे । त्यस्तै दमौलीदेखि पोखरासम्म फर्कदा तीन घण्टा १५ मिनेट लाग्यो ।
नेपाल रक्तदाता स्वयंसेवी समाजमा आबद्ध रहेका उनले रगतको अभाव हुँदा बिरामीलाई रगतको व्यवस्था मिलाउने सहजीकरणसमेत गर्दै आएका छन् । उनले भने –पोखरामा कसैलाई रगत चाहिएको खण्डमा मलाई सम्पर्क गर्दै आएका छन्, त्यस्ता व्यक्तिलाई रगतको प्रबन्ध मिलाइदिनेसमेत गरेको छु ।
Related News
सम्बन्धित समाचार
तारकाङ पोखरा समाजको सभा
पोखरामा मनाइयो मानवअधिकार दिवस
‘फरक हिमाली क्षेत्रका समान जीवनशैली’
लायन्स हेरिटेजको न्यानो कपडा
वडा नम्बर १२ को चोकचोकमा डस्टबिन
hero news full width
मुख्य समाचार
पोखरामा देशकै ठूलो अटो मेला
लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा २ युवतीको मृत्यु
मंसिर २४, २०८०प्राडा बुद्धिलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, दीपेन्द्रलाई पत्रकारिता पुरस्कार
मंसिर २४, २०८०१७ वर्षे बालकले बस चोरेर चलाउँदा
मंसिर २४, २०८०पुम्दीकोटमा रुंगटा एक्लैको २ करोड दान
मंसिर २३, २०८०माधव नेपालले दिए छानबिनको चुनौती
मंसिर २३, २०८०