बेलाको एकताः पोखरा–१४ स्थित मनोहर पार्कको उद्घाटनपछि सामूहिक तस्वीरमा कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीसहितका अतिथि र आयोजक। तस्वीरः आदर्श समाज
पोखरा १६, चैत। “आत्मा साक्षी राखी मन, वचन र कर्मले सेवा गरौँ” भन्ने मूल नाराका साथ २०५७ सालमा गठन भएको पोखरा–१४, मझेरीपाटनस्थित मनोहर युवा क्लबले आफ्नो १७ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ।
सातौँ अधिवेशनसहितको उक्त सभाको प्रतिनिधिसभाका सभासद् सूर्यबहादुर केसीले शनिबार उद्घाटन गरे। त्यस अवसरमा प्रमुख अतिथि केसीले उक्त क्लबबाट निर्मित मनोहर पार्कको पनि उद्घाटन गरेका थिए। साथै विभिन्न विधामा उल्लेखनिय योगदान पुर्याएका तीन जनालाई सम्मान गरिएको थियो।
यसरी सम्मानित हुनेमा शिक्षातर्फ पृथ्वीनारायण क्याम्पसका संस्थापक क्याम्पस प्रमुख जोन जोन, सञ्चारतर्फ आदर्श समाज राष्ट्रिय दैनिकका प्रधान सम्पादक एवम् स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोला र खेलकुदतर्फ फुटबलका राष्ट्रिय खेलाडी सीता गुरुङ रहेका छन्।
प्रमुख अतिथि सभासद् के.सी.ले सम्मान पत्र, पोखरा–१४ का वडा अध्यक्ष प्रेमबहादुर कार्कीले दोसल्ला र अध्यक्ष रामजी केसीले टीका लगाएर सम्मान अर्पण गरेका थिए।
सोही समारोहमा खेलकूदमा मेडल हासिल गर्ने क्लबका सह–सचिव मिलन केसी, पार्क निर्माण सहयोगी मनकामना टोलका बुद्धिबहादुर गुरुङ, क्लबका सक्रिय सदस्य ईश्वर बानियाँ र दीपा थापा सम्मानित भए।
साथै पार्क निर्माण समितिका सल्लाहकारहरु जेवी कुँवर, रामचन्द्र केसी, ललितबहादुर बानियाँ, बोधराज कार्की र रेशम जिसी साथै अष्ट्रेलियामा रहेर क्लबलाई सहयोग पुर्याउने पूर्व अध्यक्ष राजु केसी पनि सम्मान गरिएको थियो।
उक्त समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि सूर्यबहादुर के.सी. जसले जे माग्यो त्यो दिन सक्ने महादेव आफू नभएको तर महादेव र देवीको भक्त भएको बताए।
भगवान्बाटै प्रेरणा पाएर समाज सेवामा लागेको बताउँदै केसीले कर्म गर तर फलको आश नगर भन्ने गीताको सन्देश आफ्ना लागि मार्गदर्शक रहेको उल्लेख गरे।
हाम्रो धर्मले नारीलाई देवी मान्छ–“केसीले भने– हिन्दू धर्मको संरक्षण गर्न सकिएन भने भोलि पछुताउनु पनेर्छ। ’
आफ्नो जन्मस्थलमै प्रमुख अतिथि भएका केसीले छिनेडाँडा मझेरीपाटनका अग्रज समाजसेवीको पनि स्मरण गरे। उनले त्यस क्षेत्रलाई हरतरहले सहयोग गर्ने वचन दिए।
पोखरा–१४ का वडा अध्यक्ष प्रेमबहादुर कार्कीले पोखराका ठूला पार्कमध्ये मनोहर पार्क पनि एक रहेको उल्लेख गर्दै पार्कको स्तरोन्नतिका लागि वडाले सहयोग गर्ने बताए।
शिक्षाविद् जोर्जजोनले पृथ्वीनारायण क्याम्पसको स्थापनाकाल २०१७ सालमा पनि छिनेडाँडा मझेरीपाटनको सहयोग रहेको उल्लेख गर्दै अहिले पनि सामाजिक क्षेत्रमा क्रियाशील देख्न पाउँदा खुसी लागेको बताए।
आदर्श समाज राष्ट्रिय दैनिकका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोलाले भने– ‘क्लबले आफूलाई सम्मान गरेकोमा सञ्चार जगत् सम्मानित भएको अनुभव भएको छ’।
क्लबका वरिष्ठ सल्लाहकार जेवी कुँवरले क्लबले विभिन्न क्षेत्रमा योगदान पुर्याएको उल्लेख गरे।
सभामा क्लबका सल्लाहकार बोधराज कार्की, पूर्व अध्यक्ष रेशम जिसी, नेकपा–१४ का प्रतिनिधि बलबहादुर सेञ्जुरी, नेपाली काँग्रेस–१४ का अध्यक्ष बोधराज बराल, समाज सुधार आमा समूहकी अध्यक्ष लक्ष्मी जिसी, शुक्रराज बलभद्र माविका अध्यक्ष रोमबहादुर कार्की र मसिना आधारभूत विद्यालयका अध्यक्ष जगन्नाथ तिमिल्सिनाले शुभकामना व्यक्त गरेका थिए।
क्लबका अध्यक्ष रामजी जिसीको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा सल्लाहकार ललितबहादुर बानियाँले धन्यवाद ज्ञापन तथा सचिव रविकिरण पराजुलीले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
ड्राइभिङ स्कुल संघमा तुलबहादुर
सूर्यको लालित्यमा ध्यानमग्न
९ लाख छात्रवृत्ति दिँदै कन्या क्याम्पसले मनायो वार्षिकोत्सव
एसओएस गण्डकीमा ‘मानव पुस्तकालय’ को दोस्रो शृंखला
लेखनाथ महोत्सवको ६० प्रतिशत स्टल बुकिङ
hero news full width
मुख्य समाचार
पोखरामा देशकै ठूलो अटो मेला
लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा २ युवतीको मृत्यु
मंसिर २४, २०८०प्राडा बुद्धिलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, दीपेन्द्रलाई पत्रकारिता पुरस्कार
मंसिर २४, २०८०१७ वर्षे बालकले बस चोरेर चलाउँदा
मंसिर २४, २०८०‘फरक हिमाली क्षेत्रका समान जीवनशैली’
मंसिर २४, २०८०पुम्दीकोटमा रुंगटा एक्लैको २ करोड दान
मंसिर २३, २०८०