अन्तराष्ट्रिय फेसन विक पोखरा तयारी

एजेन्सी
चैत्र १७, २०७५
cycle_Fotor

पोखरा, १६ चैत। नयाँ वर्ष २०७६ अवसरमा पोशाक महासंघ नेपाल र डिजाइनर एशोसिएसनको संयुक्त आयोजनामा अन्तराष्ट्रिय फेसन विक नेपाल पोखरा हुँदैछ।

द काठमाडौं पोष्टको प्रस्तुतिमा चैत २८ गतेदेखि ३० गतेसम्म पोखरा स्काई स्पोर्टस्मा हुने फेसन विक प्रचारका लागि पोखरामा शनिबार साइकल र्यालीको आयोजना गरियो।

पोखरा सभागृहबाट शुरु र्याली हेम्जासम्म पुगेको थियो। साइकल सिटी पोखरा र विष्णु पादुका क्लब हेमजाको सहकार्यमा साइकल र्याली गरिएको हो।

फेसन विकमा नेपालभरका २० जना महिला र ५ जना पुरुष गरी कुल २५ जना मोडलहरु र्याम्प वाकमा उत्रनेछन्। साथै गण्डकी प्रदेशमा रहेको जातीय समुदायको भेषभुषा स्थानिय मोडलबाट प्रदर्शन गरिनेछ।

गायक स्वप्न सुमन, सागर आले, सन्तोष बस्याल लगायतले कार्यक्रमको रौनकता थप्ने छन्।

फोटो सुट समेत पोखरामा गरिने तयारी गरिएको आयोजक डिजाइनर एशोसिएसनका अध्यक्ष दीपक न्यौपानेले जनाए। ‘यो अन्तराष्ट्रियस्तरको फेसन सो हो, हलिउडका ज्वलरी डिजाइनर मोना श्राफ सहित हङकङ, मलेसिया, भारतबाट समेत डिजाइनर सहभागी हुनेछन्, ’ उनले भने।

फेसन विकमा नेपाली संस्कृति झल्कने खालका भेषभूषालाई महत्व दिँदै प्रदर्शन गरिनेछ। यसले अन्तराष्ट्रिय फेसन विकमा जान नेपालीलाई अवसर सिर्जना गर्ने अपेक्षा आयोजकको छ।

हरेक दिन ६ सिक्वेन्समा ६० वटा पहिरनमा डिजाइनरले सजाएर मोडललाई उतार्ने आयोजकको तयारी छ। कार्यक्रमले आन्तरिक पर्यटक वर्ष २०१९ लाई सघाउ पुर्याउने आयोजकको विश्वास छ।

Related News

सम्बन्धित समाचार

  • निर्माण व्यवसायी समितिमा शिव

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८०
    पोखरा, १५ मंसिर । निर्माण व्यवसायी समितिमा शिवबहादुर खड्का अध्यक्ष चुनिएका छन् । समितिको २६ औं साधारण सभा तथा १३…
  • पोखरा बहुमुखी क्याम्पसको ३७ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०८०
    पोखरा । पोखरा बहुमुखी बहुमुखी क्याम्पसले बिहीबार ३७ औं वार्षिकोत्सव मनाएको छ । समारोह उद्घाटन गर्दै विश्वविद्यालय अनुदान आयोग प्रमुख…
  • पोखरा आदर्शमा वार्षिक खेलकुद

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०८०
    पोखरा । पोखराको बगरमा अवस्थित पोखरा आदर्श सेकेन्डरी स्कुलमा वार्षिक खेलकुद कार्यक्रम सुरु भएको छ । गण्डकी एकेडमी फाउन्डेसन प्रा।लिका…
  • निशुल्क रक्त परीक्षण

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०८०
    पोखरा । विश्व मधुमेह दिवसको अवसर पारेर लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले बुधबार सचेतना कार्यक्रम तथा निशुल्क रक्त परीक्षण…
  • स्रष्टा सम्मान तथा साक्षात्कार

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०८०
    पोखरा । संघर्षमा कलम पोखराले भारतको सिलगढीबाट आएका स्रष्टासँगको साक्षात्कार तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले असमका वरिष्ठ…

hero news full width