३८ जना संचारकर्मीकाे स्वास्थ जाँच

Avatar आदर्श समाज सम्वाददाता
चैत्र १६, २०७५
Federation-of-Nepali-Journalists-28022018083853-1000×0

बागलुङ, १६ चैत । नेपाल पत्रकार महासंघ नेपालको ६४ औ स्थापना दिवस बाग्लुङ शाखाले विभिन्न कार्यक्रम गरी मनाएको छ ।

स्थापना दिवसको अवसरमा संचारकर्मीको निःशुल्क स्वास्थ्य परीक्षण, बिरामीलाई फलफूल बितरण जस्ता कायर्यक्रम गरी स्थापना दिवस मनाइएको हो । धवलागिरी अन्चल अस्पताल बागलुङसंग सहकार्य गरी गरिएको निःशुल्क स्वासथ्य परक्षिणमा बाग्लुङका ३८ संचारकर्मीको स्वास्थ्य परीक्षण गरिएको थियो ।

स्वासथ्य परीक्षणसँगै धवलागिरी अन्चल अस्पताल बिकास समितिका अध्यक्ष केबी रानामगरले अस्पतालमा आउने चिकित्सकलाई लामो समयसम्म यही वस्ने वातावरण बनाउन सवैको सहयोग आवश्यक हुने बताए । अस्पतालका विकृतिलाई सुधार गर्दै अस्पतालको निर्माणाधिन भवन दश बर्ष पुग्दा समेत सम्पन्न नभएको भवन जतिसक्दो चाडो सम्पन्न गर्न पहल गरिने भनाई रानाको छ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरीषले हाम्रो अस्पताल राम्रो अस्पताल बनाउन जिल्लाका पत्रकारको भूमिका महत्वपूर्ण रहने बताए ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads