विद्यार्थी र अभिभावकको मन जित्दै विद्यालय

रासस
चैत्र १६, २०७५
img_6801

पोखरा, १६ चैत । देशका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दैै गइरहेका समयमा पोखरा महानगरपालिका–८ स्थित जनप्रिय माध्यमिक विद्यालयले भने व्यावसायिक एवं गुणस्तरीय शिक्षाका माध्यमबाट विद्यार्थी तथा अभिभावकको मन जित्दै गएको छ ।

साधारण शिक्षाले मात्र समयको आवश्यकतालाई सम्बोधन गर्न नसक्ने ठम्याइसँगै विद्यालयले विसं २०७३ बाट कक्षा ९ देखि १२ सम्मको प्राविधिक धार सिभिल इञ्जिनीयरिङको कक्षा सञ्चालनमा ल्याएको हो । विद्यालयका प्रधानाध्यापक बाबुराम पौडेलकाअनुसार प्राविधिक विषयको कक्षा सञ्चालनसँगै विद्यार्थी तथा अभिभावकको रोजाइँमा जनप्रिय विद्यालय पर्न थालेको छ । “विद्यालयमा हाल एक हजार ५७१ जना विद्यार्थी अध्ययनरत छन् प्राविधिक तर्फको सिभिल इञ्जिनीयरिङका लागि प्रत्येक वर्ष ४८ जना विद्यार्थी भर्ना गर्ने गरिएको छ” उनले भने ।

अन्य कक्षामा विद्यार्थी बढ्नुका साथै वर्षेनी प्राविधिक शिक्षाका लागि भर्ना हुन आउने विद्यार्थीको आकर्षण पनि बढ्दै गएको बताउँदै उनले प्रवेश परीक्षाका आधारमा विद्यार्थी भर्ना गर्ने गरिएको जानकारी दिए । विद्यार्थीको बढ्दो चापसँगै निर्धा्रित ४८ कोटा बढाउने विद्यालयले तयारी गरेको छ ।

स्थानीय समाजसेवी एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार गिरीका अनुसार विसं २०१५ मा भानु प्राथमिक विद्यालयका रुपमा स्थापना भएको विद्यालय विसं २०२५ पछि जनप्रिय नामाकरण भएको हो । भानु प्राथमिक विद्यालयका रुपमा शुरु भए पनि विद्यालयको स्थापना मिति जनप्रिय नामाकरण पछिको विसं २०२५ लाई लिने गरिएको उनले बताए।

“जनप्रिय नामाकरण भए पनि भानु प्राथमिक विद्यालयका रुपमा स्थापना भएको समयलाई स्थापना मिति कायम गर्न सके तत्कालीन समयमा विद्यालय खोल्न योगदान गर्नेको भूमिकाको पनि सम्मान हुन्थ्यो,” विसं २०२२ मा तत्कालीन भानु प्राविको विद्यार्थी समेत रहनुभएका अध्यक्ष गिरीले भने, “इतिहास र समकालीन समाजको योगदान एवं भूमिकालाई हामीले विर्सन मिल्दैन ।”

विसं २०४१ देखि प्रस्तावित माविका रुपमा रही माध्यमिक हुँदै कक्षा ११ र १२ सम्मको पठनपाठन गरेको विद्यालयमा हाल व्यवस्थापन, शिक्षा तथा मानविकीमा समेत कक्षा सञ्चालन हुँदै आएका छन् । कक्षा ११ र १२ सञ्चालनका लागि विसं २०६० मा महायज्ञ सञ्चालन गरी रु ७० लाख आथिक सहयोग सङ्कलन गरिएको थियो ।

विद्यालयले २०५० मा रजत महोत्सव सम्पन्न गरेको छ भने २०७५ माघ १० गते स्वर्ण महोत्सव सम्पन्न गरिसकेको छ । विद्यालयको करीब सात रोपनी जग्गामा रहेका तीनवटा भवनका ४६ कोठामा अध्यापन भइरहेको जानकारी दिँदै अध्यक्ष गिरीले शिक्षाको गुणस्तरीयता अभिवृद्धिका लागि उपलब्ध साधनस्रोतको अधिकतम उपयोगका साथै जनसमुदायको सहयोगबाट विद्यालय सञ्चालन भएको बताए ।

“प्राविधिक शिक्षाका साथै गुणस्तरीय शिक्षा दिने लक्ष्यका साथ व्यवस्थापन समिति र विद्यालय प्रशासन प्रतिवद्ध छ,” उनले भने “विद्यालयको समग्र विकासमा स्थानीय जनसमुदायले निरन्तर गरेको सहयोगका बलमा नै विद्यालय यस अवस्थासम्म आइपुगेको कुरालाई हामीले आत्मसात गरी अघि बढेका छौं ।”

प्रधानाध्यापक पौडेलका अनुसार कक्षा ९ देखि १२ मा प्राविधिक शिक्षा सिभिल इञ्जिनीयरिङका लागि मात्रै पूर्वाधार एवं भौतिक संरचना निर्माणमा झण्डै रु ५० लाखको लागत लागेको छ । प्राविधिक कक्षा सञ्चालनका लागि सरकारबाट करार सेवामा सातवटा दरबन्दी उपलब्ध भएका छन् ।

विद्यालयमा स्वीकृत दरबन्दी जम्मा ३८ रहे पनि शैक्षिक कार्यक्रम सञ्चालनका लागि ९६ जना शिक्षक तथा कर्मचारी कार्यरत भएको जानकारी दिँदै उहाँले जनसहयोगकै बलमा विद्यालय सञ्चालन भइरहेको बताए । गुणस्तरीय शिक्षाका लागि अङ्ग्रेजी तथा नेपाली माध्यममा पढाइ भइरहेको उल्लेख गर्दै उनले गुणस्तरीयता र प्राविधिक शिक्षाका माध्यमबाट वर्षेनी विद्यार्थी सङ्ख्या थपिने क्रममा रहेको बताए ।

वासुदेव पाैडेल

Related News

सम्बन्धित समाचार

  • पोखरा १० का सामुदायिक विद्यालयलाई स्टे्सनरी सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा १० ले वडाभित्र रहेका सामुदायिक विद्यालयलाई स्टेसनरी सामग्री वितरण गरेको छ । वडाभित्र रहेको ३ वटा सामुदायिक…
  • भुजेल समाजको रक्तदान

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । भुजेल समाज जिल्ला समन्वय समिति कास्कीले नव वर्षको उपलक्ष्यमा शनिबार खुला रक्तदान आयोजना गरेको छ । नेपाल आदिवासी…
  • स्पोर्टस् अवार्डमा सहयोग प्रतिबद्धता

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकी प्रदेशका खेल संघ तथा क्लबका प्रतिनिधिले आठौं पोखरा स्पोर्टस् अवार्ड सघाउन प्रतिबद्धता जनाएका छन् । सोमबार नेपाल…
  • हेमजामा नागरिक आरोग्य कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा २५ हेमजामा वडाको स्वास्थ्य कार्यक्रमअन्तर्गतको नागरिक आरोग्य सुरु हुँदैछ । यसै सन्दर्भमा सोमबारदेखि प्रारम्भिक घरधुरी सर्वेक्षण सुरु…
  • ‘शक्ति र सत्तामा रहेकाको मात्रै इतिहास लेखिनुपर्छ भन्ने छैन’

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासघं (फोनिज) का संघीय सल्लाहकार हुम तमुले इतिहास, दस्तावेज तथा सत्यतथ्यको आधारमा इतिहास लेखिनुपर्ने…

hero news full width