वीरगञ्ज, १६ चैत । पतिद्वारा पिटिएकी ३६ बर्षीय सुनिता यादवको उपचारकै क्रममा निधन भएको छ ।
वीरगञ्ज महानगरपालिका–२० की सुनितालाई पति डाक्टर सचितानन्द यादवले दश दिन अघि कुटपिट गरेका हुन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौमा उपचाररत् उनको शुक्रबार मृत्यु भएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले बताए ।
पतिको कुटाइबाट शरीरभरि र टाउकोमा समेत चोटपटक लागेकी यादवलाई सुरूमा नारायणी उपक्षेत्रीय अस्पताल हुँदै वीरगञ्ज हेल्थ केयरमा भर्ना गरिएको थियो । ती अस्पतालमा उपचार सम्भव नभएपछि चैत १२ गते शिक्षण अस्पताल ल्याइएको थियो ।
यादवलाई चैत ६ गते पति सचितानन्दले कुटपिट गरेका थिए। कुटपिट गर्ने डाक्टर यादवलाई गत शुक्रबार पर्सा प्रहरीले पक्राउ गरिसकेको छ। यादव गण्डकी उपक्षेत्रीय अस्पतालका मधुमेह तथा थाइराइड रोग विशेषज्ञ हुन्।
निर्घात पिटिएकी सुनितालाई आइसियुमा राखी उपचार थालिएको थियो। सुनिता सचितानन्दकी जेठी पत्नी हुन्। सुनिताबाट सन्तान नभएपछि डाक्टरले कान्छी पत्नी भित्र्याएका थिए। कान्छी पत्नी ल्याएपछि सुनिता र सचितानन्दबीच सम्बन्ध बिग्रेको थियो। उनलाई यादवले निर्घात कुटपीट गरेको आरोप माइती पक्षको छ ।
यादवले पत्नीलाई आइरन तताएर डाम्नुको साथै निर्घाट कुटपीट गरेको भन्दै सुनिताका माइतीपक्षले पक्षले डाक्टर सचितानन्द र उनको परिवारलाई प्रहरीमा उजुरी समेत दिएको छ । सुनिताका पति डाक्टर यादव पर्सा प्रहरी कार्यालयका नियन्त्रणमा छन् । प्रहरीले पर्सा जिल्ला अदालतबाट पहिलोपटक पाएको तीन दिनको म्याद सकिएपछि दोस्रो पटक ७ दिनको म्याद पाएको छ ।
सुनीता यादवका माइती पक्षले डा सचितानन्द यादव, बुवा नागेन्द्र यादव, आमा आशादेवी र भाइ अचितानन्द यादवविरुद्व चैत १२ गत नै मुद्दा दर्ता गराएका छन् ।
Related News
सम्बन्धित समाचार
संसदमाथि सरकार हावी भयो : देवकोटा
केपी ओली कप क्रिकेट : विभागीयलाई चुनौती दिएको मधेश च्याम्पियन
कालिका सहकारीका सञ्चालक थप ७ दिन थुनामा
केपी ओली क्रिकेटमा मधेश प्रदेश च्याम्पियन
बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
आलु खेतीमा कास्कीको फड्को
मंसिर १५, २०८०राष्ट्र संघीय जलवायु सम्मेलन सुरु, अमेरिका र चीनका राष्ट्रप्रमुख अनुपस्थित
मंसिर १४, २०८०हिसान कास्कीको स्पोर्टस् मिटमा उत्साहजनक सहभागिता
मंसिर १४, २०८०गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
मंसिर १३, २०८०फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
मंसिर १३, २०८०