स्वास्थ्यकर्मीले मागे तलबभत्ता

रासस
चैत्र १६, २०७५
TAMDHealthPost_4

जुम्ला, १६ चैत । जुम्लाका सात स्थानीय तहका स्वास्थ्यकर्मीले तलबभत्ता भुक्तानीका लागि पहल गरिदिन माग गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयमार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले स्वास्थ्यकर्मीको छ महीनाको तलबभत्ता भुक्तानीका लागि माग गरेका हुन् । नेपाल स्वास्थ्यकर्मी सङ्घ, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी सङ्गठन, नेपाल नर्सिङ सङ्घलगायतले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेमार्फत सो ध्यानाकर्षण गराएका हुन् । स्वास्थ्यमन्त्री उपेन्द्र यादव जुम्ला आइपुग्ने कार्यक्रम भएकाले तलबभत्ताका लागि परामर्श गरिदिन आग्रह गरेका थिए ।

ज्ञापनपत्रमा कात्तिकदेखि हालसम्मको तलबभत्ता नपाएको र पटक–पटक सम्बन्धित निकायमा पहल गर्दा पनि सुनुवाइ नभएकाले कर्मचारीको दैनिक जीवन कष्टकर भएको उल्लेख गरिएको छ । सरकारबाट तलबभत्ता शीर्षकमा विनियोजित बजेट जुम्लामा कार्यरत स्वास्थ्यकर्मीको वार्षिकरूपमा अपुग हुँदै आएकाले आर्थिक वर्ष २०७४÷७५ र २०७५÷७६ मा अपुग तलबभत्ता शीर्षकमा रकम थप गरी पठाउनका लागि आवश्यक पहल गरिदिनसमेत माग गरेका हुन् ।

उनीहरूले समायोजन प्रक्रियामा प्रशासनतर्फका कर्मचारीलाई एक तह बढुवा गरी समायोजन गरेकाले स्वास्थ्य सेवाका कर्मचारीलाई पनि सोहीअनुसार एक तह बढुवा गरी तहगत प्रणालीमा सम्मानजनक समायोजन गर्न माग गरेका हुन् । प्रमुख जिल्ला अधिकारी बञ्जाडेले स्वास्थ्यकर्मीले तलब नपाएको विषयमा स्वास्थ्यमन्त्रीसँग कुरा राख्ने बताए ।

Related News

सम्बन्धित समाचार

  • तारकाङ पोखरा समाजको सभा

    आदर्श समाज सम्वाददाता मंसिर २४, २०८०
    पोखरा । तारकाङ सम्पर्क समाजको आठौं साधारण सभा शनिबार सम्पन्न भएको छ । मादी ४ का अध्यक्ष शिवप्रसाद सापकोटाको प्रमुख…
  • पोखरामा मनाइयो मानवअधिकार दिवस

    आदर्श समाज सम्वाददाता मंसिर २४, २०८०
    पोखरा । अन्तर्राष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्बरका अवसरमा सबैका लागि मर्यादा, समानता र न्याय भन्ने मूल नाराका साथ कास्कीमा…
  • ‘फरक हिमाली क्षेत्रका समान जीवनशैली’

    आदर्श समाज सम्वाददाता मंसिर २४, २०८०
    पोखरा । भूगर्भविद् तथा फोटोग्राफर डा. इरिका र छोरी इर्मट्रड आमोछोरीले खिचेको हिमाली क्षेत्रका समान जीवनशैलीका तस्वीरबारे पोखरामा जारी आठौं…
  • लायन्स हेरिटेजको न्यानो कपडा

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८०
    पोखरा, २३ मंसिर । लायन्स क्लब अफ पोखरा हेरिटेजको आयोजनामा मानव सेवा आश्रममा सहयोग गरिएको छ । पोखरा २५, हेमजा…
  • वडा नम्बर १२ को चोकचोकमा डस्टबिन

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८०
    पोखरा । पोखरा १२ नम्बर वडा कार्यालयले सरसफाइमा चासो देखाएको छ । शहर सफा राख्न कार्यालयले सामुदायिक विद्यालय, नवीकरण भएका…

hero news full width