न्यून दृष्टियुक्तको घर बन्दै

रासस
चैत्र १६, २०७५
photo-1501635238895-63f29cfc06b3

दमौली, १६ चैत । तनहुँको व्यास नगरपालिका–१२ हुलाकीडाँडाका कमल भुजेल न्यून दृष्टियुक्त छन्, उनकी पत्नी सिर्जना भुजेल पनि आँखा देख्दिनन । भुजेल दम्पतीको एक छोरा र एक छोरी छन् । छोराले समेत आँखा देख्दैनन् । २७ वर्षका कमलको काँधमा चार जनाको परिवार पाल्नुपर्ने जिम्मेवारी छ ।

उनी परिवारको लालनपालनका लागि ज्याला मजदुरी गर्छन् । आफ्नै भरमा चार जनाको परिवार धान्न उनलाई धौधौ परिरहेको छ । उनको परिवार बस्नका लागि घर छैन । विगत आठ वर्षदेखि ससुरालीबाट हुलाकी डाँडामा जग्गा उपलब्ध भएपछि छाप्रो बनाएर बसेका छन् ।

हावाहुरी र पानी पर्दा निकै समस्या परेको उनीहरुको परिवारलाई अब भने केही राहत मिल्ने भएको छ । तनहुँको व्यास नगरपालिका–१ स्थित युनिटी युवा क्लबको सक्रियतामा भुजेल परिवारका लागि घर निर्माण शुरु गरिएको छ ।

आर्थिक रुपमा विपन्न र परिवार नै अपाङ्गता भएको थाहा पाएपछि युवाहरुको सक्रियतामा घर निर्माण थालिएको क्लबका अध्यक्ष शिव पन्थ बताउछन् । “एक दिन गाउँ डुल्दै जाँदा उनीरुको बारेमा थाहा पायौँ, लगत्तै युवाहरुको सक्रियतामा रकम सङ्कलन थालियो र घर निर्माण शुरु गरेका छौँ ।” उनले भने ।

शौचालयसहितको दुईकोठे घर बनाउन स्थानीय समाजसेवीदेखि विदेशमा रहनेहरुसँग पनि सहयोगको अपिल गरिएको छ । घर बनाउन तीन लाख ५० हजार लाग्ने अनुमान छ ।

घर निर्माणको लागि हालसम्म व्यास नगरपालिका–१ का युवा सनम तामाङमार्फत रु ३० हजार, नगरपालिका–२ का नोमा थापाले रु १० हजार बराबरको सिमेन्ट, दीपचन्द्र फर्निचरले घरको चौकोस, मलेशियामा रोजगारी गर्ने स्थानीयबाट रु १४ हजार ६०० र स्थानीय बासिन्दा तथा सङ्घसंस्थाबाट रु २० हजार सङ्कलन भएको छ ।

नगरपालिकाले रु ५० हजार सहयोग गर्ने नगरप्रमुख बैकुण्ठ न्यौपानेले प्रतिबद्धता जनाएका छन् । वर्षायाम शुरु हुनुअघि नै घर बनाइसक्ने गरी धमाधम काम भइरहेको पन्थले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि  कार्यभार 

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०८०
    पोखरा ।  गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङले बागमती प्रदेश प्रमुखको कार्यभार पाएका छन् । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा चीन…
  • बराहडाँडा प्राविको भवन निर्माण

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०८०
    दुलेगौंडा । रिच फर नेपालले शुक्लागण्डकी १२, बराहडाँडास्थित बराहडाँडा प्राविको भवन निर्माण गरेको छ । भवन निर्माणसँगै, शौचालय, पिउनेपानीका लागि…
  • कांग्रेस गण्डकीको सम्मेलन तय, विभागमा धमाधम मनोनयन

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०८०
    पोखरा ।  नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमिति कार्यसम्पदान समितिको बैठक विभिन्न निर्णय सहित सम्पन्न भएको छ । पार्टीका गण्डकी प्रदेश…
  • गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत

    आदर्श समाज सम्वाददाता मंसिर १३, २०८०
    पोखरा । गण्डकी प्रदेश सभाका समितिहरु क्रियाशील हुन थालेका छन् । प्रदेश मामिला तथा कानुन समितिको बैठक बसेर सञ्चार विधेयकका…
  • ६० कर्मचारीलाई सेवाकालीन तालिम

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०८०
    पोखरा । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान आयोजनामा संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सहायकस्तरका कर्मचारीको सातौं ब्याचको सेवाकालीन तालिम सोमबार…

hero news full width