हतियार कारखानामा छापा

रासस
चैत्र १५, २०७५
_97713515_57e355cc-db9a-41b9-8c6d-a9bd2bd1c233

राँझा, १५ चैत । नेपालगञ्ज उपमहानगरपालिका– ५स्थित डिएसपी रोडमा हतियार बनाउने कारखानामा छापा मारेर प्रहरीले हतियार र हतियार बनाउन प्रयोग गरिने सामग्री बरामद गरेको छ ।

प्रदेश नं ५ प्रहरी अनुसन्धान समूह र वडा प्रहरी कार्यालयको संयुक्त टोलीले कारखानामा छापा मारी हतियारमा प्रयोग हुने लामो नाल १० थान, काठको कुन्दा सात थान, हतियारमा नम्बर ठोक्न प्रयोग हुने साँचो २६ थान, ‘एयर गन’ एक थान, लामो स्प्रीङ तीन थान, आरनलगायत सामग्री बरामद गरेको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिए ।

उक्त कारखाना जङ्गबहादुर नेपालीले सञ्चालन गर्दै आएको पाइएकाले बरामद गरिएका हतियारसहित जङ्गबहाुदरलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको उनले बताए ।

Related News

सम्बन्धित समाचार

  • कालिका मन्दिरमा चार लाख दर्शनार्थी

    रासस असाेज २६, २०८१
    गलकोट । यहाँको बागलुङ कालिका मन्दिरमा बडादसैँको अवधिमा चार लाख दर्शनार्थीले दर्शन गरेका छन् । घटस्थापनादेखि नवरात्रसम्म चार लाख दर्शनार्थीले…
  • बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

    रासस असाेज २६, २०८१
    सुदूरपश्चिम । कैलालीको चुरे गाउँपालिका–६ढुङ्गेनी गाउँका डम्मरबहादुर चुनाराले ४७ वर्षीया श्रीमती हीरादेवी चुनाराको बञ्चरो प्रहार गरी हत्या गरेका छन् ।…
  • कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’

    रासस असाेज २६, २०८१
    सोलुखुम्बु । दसैँका घमाइला दिन, जताततै रमाइलो । दसैँ मनाउनकै लागि घर फर्किनेको उत्साहपूर्ण उपस्थिति । सोलुखुम्बु सोताङका नविन राईलाई…
  • राष्ट्रपतिद्वारा विजया दशमीको शुभकामना

    आदर्श समाज सम्वाददाता असाेज २६, २०८१
    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना…
  • दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु

    रासस असाेज २६, २०८१
    काठमाडौं । “एक दिन मात्रै भए पनि बिदा थपिदिनुस् न त दसैँको टीका लगाएर प्लेन चढ्छु भनेको थिए, मलेसियाबाट कम्पनी…

hero news full width