हेटौंँडा, १५ चैत । वर्डफ्लुुबाट प्रभावित जिल्लाका विभिन्न क्षेत्रबाट हालसम्म ५० हजारभन्दा बढी कुखुरा नष्ट गरिएको छ ।
वर्डफ्लुु प्रभावित क्षेत्रमा रहेका ४८ पोल्ट्री फार्ममध्ये संक्रमित देखिएका २८ फार्ममा रहेका उक्त परिणामको कुखुरा नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र पशु चिकित्सकसहितको टोलीले प्रभावित क्षेत्रबाट नौ हजार १५ अण्डा र एक हजार ४६३ किलो दाना पनि नष्ट गरिएको छ । जिल्लामा देखिएको वर्डफ्लु नियन्त्रणमा उच्च प्राथमिकता दिएकोे मकवानपुरका प्रमुख जिल्ला अधिकारी आश्मान तामाङले बताए ।
वर्डफ्लुु नियन्त्रणका लागि पशुचिकित्सकले जारी गरेको प्रमाणपत्रका आधारमा मात्र जिल्लामा कुखुराको चल्ला भित्रिन दिने र कुखुरा र कुखुराजन्य सामग्रीको बिक्री पनि प्रमाणपत्रका आधारमा नै गर्न दिइने व्यवस्था मिलाइएको उनले जानकारी दिए।
वर्डफ्लु सङ्क्रमण नियन्त्रण युनिटका डा सुशीला श्रेष्ठका अनुसार हालसम्म मकवानपुरका ३२ किसानको फार्ममा तीन चरणमा सङ्क्रमित कुखुरा नष्ट गरिएको बताए । यसैबीच मकवानपुरको हटिया र कमानेमा पनि वर्डफ्लुुको सङ्क्रमित कुखुरा, अण्डा र दाना नष्ट गरिएको छ । वर्डफ्लुुका कारण हेटौँडामा कुखुराको मासु बिक्री वितरणमा कमी आएको व्यवसायीले जनाएका छन् ।
Related News
सम्बन्धित समाचार
बुद्ध एयरको जहाज ‘ओभरसुट’
जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
गोरखामा मनाइयो मकै सुकाउने पर्व
सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
७१ सहसचिव सरुवा हुँदा प्रदेश सचिव फेरिए
hero news full width
मुख्य समाचार
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०राजतन्त्र कुनै हालतमा फर्किंदैन: देउवा
मंसिर ११, २०८०पोखरामा आइटिएफ जे–३० टेनिस सुरु
मंसिर ११, २०८०एक्यापको मनोमानी कहिले हट्छ ?
मंसिर १०, २०८०भूकम्प प्रभावितका लागि अस्थायी संरचना निर्माणमा दलहरूको सक्रियता
मंसिर १०, २०८०