अख्तियारद्वारा वन कर्मचारी पक्राउ

rss रासस
चैत्र १५, २०७५
CIA-14122017060726-1000×0

विराटनगर, १५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले मोरङ जिल्लामा कार्यरत सहायक वन अधिकत सलाउद्दित अन्सारीलाई घुस लिएको आरोपमा रकमसहित शुक्रवार पक्राउ गरेको छ ।

सव डिभिजन वन कार्यालय केराबारी मोरङमा कार्यरत अन्सारीलाई शुक्रवार ३५ हजार रकमसहित डिभिजन वन कार्यालय विराटनगरको हाताभित्रबाट पक्राउ गरिएको आयोगको इटहरी कार्यालयले जनाएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको पनि आयोगले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads