दाङसिङ्ग–घान्द्रुक उपशाखाद्वारा खुल्ला रक्तदान

Avatar आदर्श समाज सम्वाददाता
चैत्र १५, २०७५
IMG_0902

पोखरा, १५ चैत । नेपाल रेडक्रस सोसाईटी अन्नपूर्ण गाउँपालिका –८–११ दाङसिङ्ग–घान्द्रुक उपशाखाद्वारा आयोजित तथा क्षेत्रीय रक्तसंचार सेवा पोखराको सहकार्यमा शुक्रवार खुल्ला रत्तलदान कार्यक्रम सम्पन्न भएको छ ।

पोखरा वीपी चोकमा संचालन गरिएको रक्तदान कार्यक्रममा ९९ युनिट रगत सङ्कलन भएको छ । रक्तदान कार्यक्रमको शुभारम्भ गण्डकी प्रदेशका सांसद ईन्द्राधारा विष्टले रक्तदान जीवनदान जीवनदान महादान भएको हुँदा रक्तदाताप्रति आभार व्यक्त गरे ।

नेपाल रेडक्रस सोसाईटी कास्की शाखाका धर्मराज अधिकारी, अन्नपूर्ण गा.पा–११ का वडाध्यक्ष हिमबहादुर गुरुङ, अन्नपूर्ण गा.पा–१० का वडाध्यक्ष कुमार गुरुङ, अन्नपूर्ण गा.पा– ९ का वडाध्यक्ष बल बहादर क्षेत्रीको सहभागिता रहेको थियो ।

दाङसिङ्ग–घान्द्रुक उपशाखाकी सभापति मिना गुरुङको अध्यक्षतामा भएको कार्यक्रमका विषेश अथिति गण्डकी प्रदेश सांसद राजीव पहारीले पहिलो रक्तदाता मन्जु परियारलाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads