हेम्जामा सुन पसल चाेरी

आदर्श समाज सम्वाददाता
चैत्र १५, २०७५
1512110343-1508330916-1508223240-1507530466-1506319675-GOLD

हेमजा, १५ चैत। पोखरा–२५ हेमजाको मेलवोट नजिकैको सीता गहना पसलमा बुधवार राति चोरी भएको छ ।

पसल फुटाएर सुन तीन तोला, ८० तोला चाँदी र नगद रु. ५ हजार चोरी भएको संचालक प्रेम सुनारले जानकारी दिए ।घरको च्यानल गेट फुटाएर पसलको ढोकाको ताला काटेर चोरी भएको संचालक सुनारले बताए ।

पसलमा रहेको सीसी क्यामेरा बिग्रेको, घरको कुकुर समेत नभुकेको, बाटो तथा घरका बत्ती नबलेको अवस्थामा चोर पत्ता लगाउन कठिन भएको वडा प्रहरी कार्यालय बगरका प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width