पर्वत, १५ चैत । पर्वत जिल्लाको मोदी गाउँपालिका– ८ चित्रेमा कुटपिट गरी एक युवाको हत्या भएको छ । गत मङ्गलबार राति ९ बजेको समयमा सँगै बसेर मदिरा सेवन गरेका युवाबीच झगडा हुँदा स्थानीय ३३ वर्षीय सन्तोष भन्ने गङ्गाप्रसाद विकको हत्या भएको हो ।
चित्रेस्थित नेपानेसादी खोलामा कुटपिट गरी विकको हत्या गरेको आरोपमा स्थानीय दुई युवा पक्राउ परेका छन् । हत्या भएको सूचना पाएलगत्तै प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीको नेतृत्वमा खटिएको टोलीले सोही ठाउँको सामुदायिक जङ्गलमा लुकीछिपी बसेको अवस्थामा २३ वर्षीय दलबहादुर नेपाली र २३ वर्षकै रविन सुनार पक्राउ परेका छन् ।
पक्राउ परेका युवाले प्रारम्भिक बयानमा घटना स्वीकार गरेका छन् । मुख्य अभियुक्त २६ वर्षीय कृष्णबहादुर सुनार फरार रहेको र निजको खोजीकार्य जारी रहेको छ ।
गत मङ्गलबार राति ९ बजेको समयमा मृतक गङ्गाप्रसाद विक, पक्राउ परेका नेपाली र सुनार तथा फरार रहेका कृष्णलेसँगै बसी मादक पदार्थ सेवन गरी घर फर्कने क्रममा सामान्य विवाद हुँदा तीन जना मिलेर गङ्गाप्रसादको हत्या गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका अभियुक्तलाई बिहीबार पर्वत जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायब उपरीक्षक तिवारीले जानकारी दिए । मृतक विकको शव परीक्षणकाका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ ।
Related News
सम्बन्धित समाचार
अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !
कामचलाउ सरकारको आयु लम्बियो
गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा
अधिकारी सरकारको भविष्य के होला ? सर्वाेच्चमा सुनुवाइ आज
चुमानलाई पहिलोपटक ढुकुटीको साँचो, मनाङे फेरि भौतिकमा
hero news full width
मुख्य समाचार
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१