पोखरा, १५ चैत । पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययन गरेका पूर्वविद्यार्थी समूह हङकङले क्याम्पसका पूर्वविद्यार्थी पदमबहादुर नेपालीलाई १ लाख ८५ हजार रुपैया सहयोग प्रदान गरेको छ ।
हङकङमा कार्यरत पूर्व विद्यार्थीबाट संकलित उक्त रकम पृथ्वीनारायण क्याम्पस स्ववियु पूर्व सभापति एवं प्रतिनिधि सभाका सदस्य पदम गिरी, प्रदेश सभा सदस्य मीना गुरुङ र हङकङमा कार्यरत पृथ्वीनारायण क्याम्पस स्ववियु पूुर्व कोषाध्यक्ष विरोध विक्रम गुरुङले रक्तचापबाट अस्वस्थ्य एवं भूकम्प पीडित पिएनका पूर्व विद्यार्थी पदम बहादुर नेपालीलाई उक्त रकम सहयोग हस्तान्तरण गरेका हुन् ।
पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत कुनै पनि समस्यामा परेका विद्यार्थीका लागि सहयोग पुर्याउनका लागि स्थापना गरेको अ ड्रप अफ स्माइल(ए डि एस) पिएन क्याम्पस ग्रुपको अभियान अन्र्तगत हङकङमा कार्यरत पिएनका पूर्व विद्यार्थीको तर्फबाट सहयोग गरेको विरोध विक्रम गुरुङले बताए ।
पूर्व विद्यार्थीको तर्फबाट यस क्षेत्रको समृद्धिको लागि के गर्न सकिन्छ भन्ने छलफलमा रहेको बताए । २०४१÷२०४२ सालमा पृथ्वीनारायण क्याम्पसमा भर्नाभई अखिलको साँस्कृतिक समूहमा समेत आवद्ध भई साँस्कृतिक क्षेत्रमा विशेष भूमिका निभाएका पदम बहादुर नेपाली ६ वर्ष अघि रक्तचापका कारण अस्वस्थ्य भई १८ दिनसम्म सघन उपचारकक्षमा अचेत अवस्थामा उपचार भएको थियो ।
आर्थिक अवस्था कमजोर रहेको नेपालीले उक्त उपचारबाट नयाँजीवन पाउन सफल भए पनि शारिरीक अस्वस्थ्यता र तनहँु शुक्ला गण्डकी नगरपालिका, ढोरफिर्दीस्थित घर भूकम्पले भत्काइदिए पछि घरबास विहिन बन्न पुगेका छन् ।
उक्त कार्यक्रमका सहभागी अनेरास्ववियु कास्कीका अध्यक्ष विवेक देवकोटाले समस्यामा परेका पदम नेपालीको घर निर्माण गर्दा अखिलले श्रमदान गर्ने बताए ।
Related News
सम्बन्धित समाचार
जिल्लाकै नमूना तथा परम्परागत आश्रम बनाउन भूमिका निर्वाह गर्ने छुः पूर्व मिस नेपाल खतिवडा
गण्डकीका नगरपालिकामा सरसफाई गुरुयोजना
फेवातालमा पानी भर्न थालेपछि बल्ल माटाे झिक्न सुरु
बिएण्डसी टिचिङ हस्पिटललाई सम्बन्ध दिने तयारी
गृहमन्त्रीको नेतृत्वमा चन्द समूहसँग वार्ता टोली गठन
hero news full width
मुख्य समाचार
‘प्रधानमन्त्री पाउँ पनि भनेको छैन, आयो भने भाग्नेवाला पनि छैन’
‘सरकार र चन्द समूहको वार्ता सकारात्मक दिशातर्फ उन्मुख’
फागुन १९, २०७७स्मार्ट सिटी पोखरामा फोहोरको दुर्गन्ध
फागुन १९, २०७७पोखरा प्रज्ञा प्रतिष्ठान कुलपति, प्राज्ञ सदस्यले लिए सपथ
फागुन १९, २०७७भिर छिचाेलेर दर्मिजामा माेटरबाटाे
फागुन १९, २०७७आँखा उपचारमा अब्बल पाेखराकाे हिमालय आँखा अस्पताल
फागुन १८, २०७७