कपिलवस्तु, १५ चैत । कहीँ आठ दिनमा विद्युत, कहीँ ४८ वर्षसम्म अन्धकार, सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । हो कपिलवस्तुको एक स्थानमा विकास गर्ने तरिका फरक देख्न पाउनुहुन्छ तपाईंले । जिल्लाको शिवराज नगरपालिका–१ शिवपुरस्थित एक जग्गामा ‘प्लटिङ’ गरेको एक हप्तामै बाटो बनाई, बिजुलीको पोल गाडेर र तार तानेर झिलिमिली पारेको देख्न पाइन्छ । तर, सोही वडामा पर्ने वनकसवासा बस्ती अन्धकार छ ।
अड्चालीस वर्ष पुरानो वनकसवासा बस्तीमा विद्युत् नपुग्दा त्यहाँका जनता अन्धकारमय जीवन बिताइरहेका छन् । नगरपालिका–१ मा पूर्वपश्चिम राजमार्ग नजिकै विसं २०२७÷२८ मा बसेको वनकसवासामा अझैसम्म विद्युत् पुगेको छैन । त्रिहत्तर घरपरिवार रहेको वनकसवासामा विद्युत्सँगै स्वास्थ्य संस्था, सुरक्षा निकाससमेत पुगेको छैन । प्रत्येक निर्वाचनमा गाउँलेलाई स्थानीय नेताले भोट लिने दाउमा विभिन्न किसिमका आश्वासन दिन्छन् तर वनकसवासाको समग्र विकासका लागि कसैले पहल गरेको पाइएको छैन ।
कपिलवस्तुको क्षेत्र नं ३ मा पर्ने वनकसवासामा प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, नगरप्रमुख, वडाध्यक्षलगायतका नेता पुगेका छन् तर विद्युत् जडानका लागि कसैले पहल नगर्दा सिङ्गो बस्ती अँध्यारोमा बस्न बध्य भएको छ । विद्युत् नहुँदा वनकसवासाका स्थानीयवासीलाई खानेपानीको समेत हाहाकार हुने गरेको छ । वनकसवासाका स्थानीय भन्छन् – “हामीले सयौँपटक अश्वासन पायाँै, तर विद्युत् पाएनौँ, आर्थिक चलखेलले प्लटिङ जग्गामा एक हप्तामै विद्युत् जडान हुन्छ तर, हामी गरीबलाई अँध्यारोमा बसेको कसैले देख्दैन ।” ७३ घरपरिवारका बीचमा रहेको एकमात्र ट्युबवेल पनि जेनेरेटरबाट चलाएर पानी तान्नुपर्ने अवस्था छ । केही वर्ष पहिले एक संस्थाले ट्युबवेल जडान गरेको थियो । गाउँले भन्छन्, “ट्युबवेल चलाउन विद्युत् छैन, डिजेल हालेर जेनेरेटर चलाउँछौँ, पानी तन्छौँ, कसैलाई पुग्छ कसैलाई पुग्दैन ।”
अधिकांश गाउँलेले सुरही खोलाको पानी पिउँदै आएका छन् । गाउँले भन्छन्न “हामीले यस क्षेत्रका प्रदेशसभा सदस्य अर्जुनकुमार केसी, नगरपालिका प्रमुख नेत्रराज अधिकारी, वडाध्यक्ष जगतबहादुर जिसीलाई अनुगमन गरायौँ, तर केही पहल भएन । उनीहरुले आश्वासनबाहेक केही दिन सक्नुभएन ।”
नेपाल विद्युत् प्राधिकरण कृष्णनगरका प्रमुख लक्ष्मीकेशर अगञ्जासहितको टोलीले वनकसवासाको अनुगमन गरी विद्युत् जडान गर्न अश्वासन दिएको एक वर्ष हुन लाग्यो, तर विद्युत् पुग्ने छाटकाँट अझैसम्म देखिएको छैन । अगञ्जा भन्छन “विद्युत् जडानका लागि पहल भइरहेको छ ।” त्यस्तै नगरप्रमुख अधिकारीले वनवसवासामा विद्युत् लैजानका लागि पहल भइरहेको भन्दै २०७६ वैशाखभित्र विद्युत् पुग्ने आश्वासन दिए ।
Related News
सम्बन्धित समाचार
तारकाङ पोखरा समाजको सभा
पोखरामा मनाइयो मानवअधिकार दिवस
‘फरक हिमाली क्षेत्रका समान जीवनशैली’
लायन्स हेरिटेजको न्यानो कपडा
वडा नम्बर १२ को चोकचोकमा डस्टबिन
hero news full width
मुख्य समाचार
पोखरामा देशकै ठूलो अटो मेला
लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा २ युवतीको मृत्यु
मंसिर २४, २०८०प्राडा बुद्धिलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, दीपेन्द्रलाई पत्रकारिता पुरस्कार
मंसिर २४, २०८०१७ वर्षे बालकले बस चोरेर चलाउँदा
मंसिर २४, २०८०पुम्दीकोटमा रुंगटा एक्लैको २ करोड दान
मंसिर २३, २०८०माधव नेपालले दिए छानबिनको चुनौती
मंसिर २३, २०८०