लगानी सम्मेलन शुरु, ६०० वढी लगानी कर्ताको सहभागिता

rss रासस
चैत्र १५, २०७५
images_cms-image-000071131-395×239

काठमाडौँ, १५ चैत । राजनीतिक सङ्क्रमणकालको अन्त्य भई गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को वर्तमान सरकारद्वारा आर्थिक समृद्धिको लक्ष्यलाई केन्द्रमा राखेर आयोजना गरिएको लगानी सम्मेलन शुरु भएको छ ।

काठमाडौँस्थित होटल सोल्टी क्राउन प्लाजामा शुरु भएको सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्वाटन गरे । सम्मेलनका लागि सरकारले ५० र निजी क्षेत्रबाट २७ आयोजना गरी कूल ७७ आयोजनालाई ‘शो केश’ मा राखिने छ । सम्मेलनलाई लक्षित गरेर राजधानी काठमाडौँको सुरक्षा व्यवस्थासमेत चुस्त बनाइएको छ ।

नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई मूर्तरुप दिन र दिगो लक्ष्य हासिल गर्ने सन्दर्भमा सम्मेलन कोसेढुङ्गा सावित हुने विश्वास गरिएको छ । सम्मेलनमा ४० देशका उच्चस्तरीय प्रतिनिधिमण्डललगायत ६०० बढी लगानीकर्ताको सहभागिता रहेको छ । यस्तै गैरआवासीय नेपाली सङ्घ र स्वदेशी लगानीकर्ताको उल्लेख्य सहभागिता छ ।

सरकारले सम्मेलनमार्फत विश्वलाई नयाँ नेपाल निर्माणको सन्देश दिन चाहेको छ । प्रशस्त प्राकृतिक स्रोतसाधन र उद्योगधन्दाका लागि उपयुक्त वातावरण बनेकाले नेपालमा विदेशी लगानीकर्ता आकर्षित हुने अपेक्षा गरिएको छ ।
अर्थमन्त्री डा युवराज खतिवडाले स्वागत मन्तव्य व्यक्त गर्दै सरकारले विकास र समृद्धिका लागि अघि सारेका कार्यक्रम र लगानीका क्षेत्रहरु बारेमा जानकारी गराएका थिए ।

Related News

सम्बन्धित समाचार

    • पर्यटक डाक्न आतुर छ म्याग्दीकाे मालिका धुरी

      sadhanramjali साधन राम्जाली फागुन १५, २०७७
      बेनी  । म्याग्दीको प्रमुख पर्यटकीय र धार्मिक गन्तव्यस्थलमध्ये एक हो, मालिका धुरी । घनाजंगलबीच पहाडको टुप्पोमा रहेको मालिकाबाट धौलागिरि, नीलगिरि, अन्नपूर्ण,…
    • जहाँ माछाको काजकिरिया गरिन्छ

      धनबहादुर गुरुङ धनबहादुर गुरुङ फागुन १५, २०७७
      पोखरा । जब पोखरीका माछा मर्छन्, स्थानीयले जलकन्या देवी मरेको ठान्छन् । मरेको माछा पूजारीले विधिपूर्वक पूजाआजा गरी पोखरीबाट बाहिर निकाल्छन्…
    • एचआइभी संक्रमितलाई छैन डायलासिस सेवा

      Avatar आदर्श समाज सम्वाददाता फागुन १५, २०७७
      पोखरा । एचआइभी संक्रमितमाथि समाजले त विभेद गर्छ नै । कहिले काहिँ त परिवारबाटै पनि उनीहरु अपहेलित हुन्छन् । सरकारले…
    • प्रतिनिधिसभा बैठक २३ गते बोलाउन सिफारिस

      Avatar आदर्श समाज सम्वाददाता फागुन १४, २०७७
      काठमाडौं । सरकारले फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ…
    • विप्लव नेकपा मुस्ताङ इन्चार्ज पक्राउ

      Avatar आदर्श समाज सम्वाददाता फागुन १४, २०७७
      म्याग्दी। सरकारद्वारा प्रतिबन्धित नेकपा नेत्रविक्रम चन्द (विप्लव) समूहका मुस्ताङ जिल्ला इन्चार्ज पदम पुन (फिल्टर) पक्राउ परेका छन् । म्याग्दीको मालिका गाउँपालिका–२…

    hero news full width

    sanil ads

    wordlink ads