लगानी सम्मेलनमा वातावरण बनाऔं: थापा

आदर्श समाज सम्वाददाता
चैत्र १५, २०७५
raju_Fotor

स्याङ्जा, १४ चैत। पूर्व सांसद राजु थापाले सरकारलाई अन्तराष्ट्रिय लगानी सम्मेलनको वातावरण अनुकूल बनाउन आग्रह गरेका छन।

नेपाल मुस्लिम संघ गण्डकी प्रदेश स्तरीय समितिको बिहीवार स्याङ्जामा घोषणा गर्दै उनले एकातर्फ इतिहासकै कमजोर आर्थिक पक्ष र अकोर्तर्फ नेत्रबिक्रम चन्द विप्लवमाथिको प्रतिवन्धका कारण वातावरण बन्न नसकेको बताए। सबै राजनीतिक दलको सहमति बमोजिम समावेशी संविधान बनाइए तापनि कम्युनिष्ट सरकारले धर्म र संस्कृतिमाथि प्रहार गरेको उनको भनाइ छ।

नेपाली काँग्रेसका महासमिति सदस्य समेत रहेका थापाले भने बर्तमान सरकार निर्मला पन्तको बलात्कारपछि हत्या, वाइडबडी काण्ड र स्थानीय तहमा मौलाएको भ्रष्टाचारलाई उम्काउन खोजेको बताए। कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता गुरु बराल, नेपाल मुस्लिम संघका सहिदा खातुन, नेपाली काँग्रेसका प्रवक्ता इन्द्रबहादुर गोदार, मुस्लिम संघका केन्द्रीय सचिव हाजि सराफत अली, केन्द्रीय सदस्य हाजि नसिवद्धिन मियाँ र सनम वेगम, काँग्रेस नेताहरु चन्द्रमणि पौडेल, विद्यार्थी नेताहरु अजित क्षत्री, पशुपति भट्टराई, तरुण नेता कुमबहादुर गुरुङ, हाजी मोहम्मद करिम मियाँ, पूर्व केन्द्रीय सदस्य मुन्ना शेख लगायतले मुस्लिम समुदाय जातिय समुदाय नभई धार्मिक समुदायक भएको बताउँदै बिदा कटौतीले मुस्लिम पहिचानमा प्रहार गरेको बताए।

नेपाल मुस्लिम संघका केन्द्रीय उपाध्यक्ष हाजि रफिक मियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममो पूर्व सचिव एवं काँग्रेसका युवा नेता मुन्ना शेखले संचालन गरेका थिए।यसैबीच, हाजी शाह मोहम्मदको अध्यक्षतामा निर्मित २५ सदस्यीय गण्डकी प्रदेश स्तरीय समितिको घोषणासहित प्रमाणपत्र प्रदान गरिएको छ।

यसैगरी, उपाध्यक्षमा खलील मियाँ, महिला उपाध्यक्षमा रुक्सना मियाँ, सचिवमा रुक्दिन मियाँ, महिला सचिवमा सकिना खातुन, कोषाध्यक्षमा सुकुरदिन मियाँ, सहकोषाध्यक्षमा अब्दुल जलिल चयन भएका छन्।

यस्तै, सदस्यमा डूवशाहिम मियाँ, नुरमोहम्मद मियाँ नुरी, सरिफन मियाँ, जीवन अली, गुलाम हुसेन मियाँ, जब्बर मियाँ, जमालदिन बारसी, हाजी मोहम्मद मियाँ, सलिमा खातुन, नाज्मदिन मियाँ, हाजी अलीउल्ला मियाँ, साहहुमद्दीन मियाँ, मोहम्मद मियाँ लगायत निर्वाचित भएका हुन्।

Related News

सम्बन्धित समाचार

  • तारकाङ पोखरा समाजको सभा

    आदर्श समाज सम्वाददाता मंसिर २४, २०८०
    पोखरा । तारकाङ सम्पर्क समाजको आठौं साधारण सभा शनिबार सम्पन्न भएको छ । मादी ४ का अध्यक्ष शिवप्रसाद सापकोटाको प्रमुख…
  • पोखरामा मनाइयो मानवअधिकार दिवस

    आदर्श समाज सम्वाददाता मंसिर २४, २०८०
    पोखरा । अन्तर्राष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्बरका अवसरमा सबैका लागि मर्यादा, समानता र न्याय भन्ने मूल नाराका साथ कास्कीमा…
  • ‘फरक हिमाली क्षेत्रका समान जीवनशैली’

    आदर्श समाज सम्वाददाता मंसिर २४, २०८०
    पोखरा । भूगर्भविद् तथा फोटोग्राफर डा. इरिका र छोरी इर्मट्रड आमोछोरीले खिचेको हिमाली क्षेत्रका समान जीवनशैलीका तस्वीरबारे पोखरामा जारी आठौं…
  • लायन्स हेरिटेजको न्यानो कपडा

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८०
    पोखरा, २३ मंसिर । लायन्स क्लब अफ पोखरा हेरिटेजको आयोजनामा मानव सेवा आश्रममा सहयोग गरिएको छ । पोखरा २५, हेमजा…
  • वडा नम्बर १२ को चोकचोकमा डस्टबिन

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८०
    पोखरा । पोखरा १२ नम्बर वडा कार्यालयले सरसफाइमा चासो देखाएको छ । शहर सफा राख्न कार्यालयले सामुदायिक विद्यालय, नवीकरण भएका…

hero news full width