खैरेनीटार, १४ चैत। श्रमिक टोल विकास संस्था, खैरेनीटारको आयोजनामा महिलालक्षित मादल बजाउने तालिम सम्पन्न भयो।
समापनमा प्रमुख अतिथि शुक्लागण्डकी नगरपालिका वडा ६ का वडाध्यक्ष कृष्णबहादुर पौडेलले विकासमा महिलाले विकास निर्माणमा निर्वाह गरेको भूमिका अतुलनीय रहेको बताए।
उनले समाज गीतसंगीतमा पश्चिमा संस्कृतितर्फ ढल्किएपछि मादल बजाउने संस्कृति हराउन गएकोमा चिन्ता व्यक्त गरे।
कार्यक्रममा शुक्लागण्डकी नगरकार्यपालिका सदस्य एवं प्रवक्ता खिमबहादुर कुमालले मादल बजाउने तालिमले लोप हुँदै गएको लोकसंस्कृति संरक्षण अभियान थालनी भएकोमा प्रशंसा गरे। उनले पुराना संस्कृति लोप भए नेपाली सभ्यता र पहिचान नरहने बताए। कार्यक्रममा शुक्लागण्डकी नगरपालिका वडा ६ का वडा सदस्य बुद्धिबहादुर थापाले तालिमबाट महिलाहरुलाई सशक्त बन्न हौसला मिलेको बताए। उनले तालिमबाट सिकेको कुरालाई निखारता ल्याउन निरन्तर अभ्यासको आवश्यकता रहने पनि जनाए। गत चैत ५ देखि शुरु सो तालिममा लेखनाथ न्यौपानेले प्रशिक्षण दिएका थिए। तालिममा ५० जनाको सहभागिता रहेको थियो। शुक्लागण्डकी नगरपालिका वडा ६ ले तालिमका लागि आर्थिक सहयोग गरेको थियो।
Related News
सम्बन्धित समाचार
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मनाङमा भारी हिमपात, जनजीवन कष्टकर
सामुदायिक सेवा केन्द्र कालिकाको सचेतना कार्यक्रम
पर्यटन मन्त्रालयको चौमासिक समीक्षा
पुस ५ देखि भदौरे पञ्चासे महोत्सव
hero news full width
मुख्य समाचार
जलारी दुखेसो : आजसम्म थाहा छैन हामी को हौं ?
मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
मंसिर १८, २०८०