वालिङ, १४ चैत। स्याङ्जाको वालिङ–९ का माझी समुदायलाई बिहीबार ६२ थान कम्मल वितरण गरिएको छ।
रुङ्गटा वेलफेयर सोसाईटीको सौजन्यमा लायन्स क्लब अफ वालिङ सिटी एवम् वालिङ नगरपालिकाको संयुक्त आयोजनामा कम्मल वितरण गरिएको हो।
कम्मल वितरण गर्दै वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले सिमान्तकृत जातिकोरुपमा रहेको माझी समुदायका लागि सीप विकासमा जोड दिँदै दिगोरुपमा आयमूलक कार्यक्रम सञ्चालन गर्दै लगिने बताए।
“सिमान्तकृत जातिमा सूचिकृत माझी जातिको परम्परागत पेशा विस्थापित भएको छ” नगर प्रमुख खाँणले भने, “माझी समुदायलाई केही न केही नयाँ सीप विकास कार्यक्रममा सहभागी गराएर उहाँहरुको आर्थिक स्तर उकास्ने गरी नगरपालिकाले विशेष कार्यक्रम ल्याएको छ, केही सम्पन्न भसकेका छन् भने केही लागू हुने क्रममा छन्।”
सिमान्तकृत ६२ माझी समुदायलाई हिनताबोधको भावनालाई त्यागेर मनोबल बृद्धि गरी अगाडि बढ्न पनि नगर प्रमुख खाँणले आग्रह गरे।
जोन चियरपर्सन चेतनारायण श्रेष्ठले लायन्स क्लबले यस खालका सामाजिक कार्यहरु गर्दै आइरहेको र आगामी दिनमा पनि निरन्तरता दिँदै लगिने बताए।
जोन चियर पर्सन चेतनारायण श्रेष्ठको अध्यक्षतामा भएको समारोहको सञ्चालन लायन्स क्लब अफ वालिङ सिटीका वर्ष २०१८/०१९ का सचिव विजय कोइराला र स्वागत पूर्व अध्यक्ष सीताराम अधिकारीले गरेका थिए।
Related News
सम्बन्धित समाचार
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
पुस्तक दिवसमा पुस्तक साटासाट
स्वदेश फर्किए कतारी अमिर
अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !
पोखराको चाउथेमा गएराति स्कुटर दुर्घटनामा एक किशोरीको मृत्यु
hero news full width
मुख्य समाचार
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१