पोखरा, १४ चैत। नेपाली नेत्रहीन विद्यार्थी फाउण्डेशन (एफएनबीएस) ले विभिन्न विद्यालयमा अध्ययनरत् दृष्टिविहीन विद्यार्थी तथा होस्टल इञ्चार्ज समेतलाई ओनिक्स ट्यावलेट प्रदान गरेको छ।
संस्थाले कास्कीको अमरसिंह मावि, जनप्रकाश मावि र कुँडहर आधारभूत विद्यालय तथा गोरखाको अमरज्योति जनता मावि लुईंटेल र सरस्वती मावि आहालेमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत ६८ जना दृष्टिविहीन विद्यार्थी र ५ जना होस्टल इञ्चार्ज समेतलाई गरी ७३ थान ओनिक्स ट्यावलेट प्रदान गरेको हो।
दृष्टिविहीन विद्यार्थीको अध्ययन र सिकाइलाई प्रभावकारी तुल्याउनका लागि शैक्षिक सामग्रीको रुपमा प्रत्येक विद्यार्थीलाई उपयोगी एप्सहरुसहितको ट्यावलेट र होस्टलका लागि अमेरिकामा बनेको गुगल होम मिनी नामको स्मार्ट स्पिकर एकएक थान उपलब्ध गराइएको कार्यक्रम संयोजक शिवलाल धितालले बताए। दृष्टिविहीन विद्यार्थीका लागि तयार पारिएको गुगल होम मिनीमा वाइफाई सेवामार्फत अंग्रेजी भाषामा विभिन्न प्रस्न सोध्न सकिने र उक्त स्पिकरले गुगलबाट खोजी गरी विद्यार्थीले सोधेका प्रश्नहरुको उत्तर दिने भएकाले आँखा नदेख्ने विद्यार्थीको सिकाइका लागि अत्यन्त प्रभावकारी साधन हुने संस्थाले जनाएको छ।
दृष्टिविहीन विद्यार्थीको हित एवं शैक्षिक उन्नतिमा सहयोग पुर्याउने उद्देश्यले सन् २०१४ मा स्थापित मुनाफारहित गैरसरकारी संस्था एफएनबिएसले यसपटक विद्यार्थीलाई आवश्यक विद्युतीय उपकरण खरिद तथा आँखा उपचारका लागि करिव ७ लाख ५३ हजार रुपैयाँ खर्च गरेको र उक्त रकम देश–विदेशमा रहेका विभिन्न समाजसेवी महानुभाव तथा संघसंस्थाहरुबाट प्राप्त भएको संयोजक धितालले बताए।
गत चैत्र ११ र १२ मा गोरखाका दुइवटा विद्यालयमा विद्युतीय उपकरण वितरण गर्ने क्रममा हिमालय अस्पताल पोखराका वरिष्ठ नेत्र विशेषज्ञ डा. नवीन बरालले विद्यार्थीको आँखा परिक्षण गरेका थिए।
यसअघि कास्कीका दृष्टिविहीन विद्यार्थीको निःशुल्क आँखा परिक्षण सम्पन्न गरिसकेको जनाएको छ। आगामी वर्षहरुमा पनि दृष्टिविहीन विद्यार्थीलाई उपयोगी शैक्षिक सामग्रीहरुका साथै आँखाको रोग पहिचान गरी सम्भव भएसम्म उनीहरुको दृष्टि फर्काउन प्रयास गरिने र क्रमशः अन्य जिल्लामा पनि कार्यक्रम विस्तार गर्दै लगिने संयोजक धितालले बताए।
Related News
सम्बन्धित समाचार
तारकाङ पोखरा समाजको सभा
पोखरामा मनाइयो मानवअधिकार दिवस
‘फरक हिमाली क्षेत्रका समान जीवनशैली’
लायन्स हेरिटेजको न्यानो कपडा
वडा नम्बर १२ को चोकचोकमा डस्टबिन
hero news full width
मुख्य समाचार
पोखरामा देशकै ठूलो अटो मेला
लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा २ युवतीको मृत्यु
मंसिर २४, २०८०प्राडा बुद्धिलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, दीपेन्द्रलाई पत्रकारिता पुरस्कार
मंसिर २४, २०८०१७ वर्षे बालकले बस चोरेर चलाउँदा
मंसिर २४, २०८०पुम्दीकोटमा रुंगटा एक्लैको २ करोड दान
मंसिर २३, २०८०माधव नेपालले दिए छानबिनको चुनौती
मंसिर २३, २०८०