उपमेयरसँग महिला कार्यक्रमको ऋण प्रवाह

एजेन्सी
चैत्र १५, २०७५
manju_Fotor

पोखरा, १४ चैत। महिलाहरुलाई आर्थिक रुपमा सशक्त र आत्मनिर्भर बनाउने उद्देश्यले पोखरा महानगरको ‘उपमेयरसँग महिला कार्यक्रम’ को ऋण लगानीका लागि रकम हस्तान्तरण गरिएको छ। पोखरा–२३, घाँटीछिनाको प्रभाकारी महिला विकास बचत तथा ऋण सहकारी संस्था मार्फत उपलब्ध गराइएको रकम वितरण गरिएको हो।

सहकारीको सहकार्यअन्तर्गत ऋण लगानी गरिएको उक्त रकम उपमेयसँग महिला कार्यक्रमका संयोजक उपमेयर मञ्जुदेवी गुरुङले ११ जनालाई रकम वितरण गरेकी हुन्।

उपमेयरसँग महिला कार्यक्रमको सहकारीसँग सहकार्य गरेर ऋण लगानी गर्नसक्ने व्यवस्था अनुसार घाँटिछिनाको प्रभावकारी महिला सहकारी संस्थाले ९ लाख रुपैयाँ प्राप्त गरेको थियो। उपमेयरसंग महिला कार्यविधिले विपन्न, एक र अपाङ्ग महिलालाई ऋण लगानी गर्नुपर्ने कार्यविधिमा उल्लेख छ। कार्यविधिमा रहेर सहकारीले आह्वान गरेको प्रस्तावमा ११ जनाले ऋणका लागि निवेदन दिएको र उनीहरुलाई रकम वितरण गरिएको प्रभावकारी महिला सहकारीका संस्थाका अध्यक्ष लोककुमारी क्षेत्रीले जानकारी दिइन्।

सहकारीले तीन प्रतिशत व्याजमा ऋण महानगरबाट प्राप्त गर्ने र ६ प्रतिशत व्याजमा लक्षित समुदायका व्यक्तिलाई लगानी गर्नुपर्ने व्यवस्था कार्यविधिले गरेको उपप्रमुख मञ्जुदेवी गुरुङले बताइन्। उपमेयर गुरुङले यो कार्यक्रमले महिलालाई आत्मनिर्भर र आर्थिक रुपमा सवल, सक्षम बनाउने विश्वास ब्यक्त गरिन्। उनले थोरै रकमले लगानी गरेर केही गर्छु भन्ने महिलाका लागि उपमेयरसँग महिला कार्यक्रमले सहयोग पुग्ने बताइन्।

कार्यक्रममा प्रभावकारी महिला बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष टोपलीदेवी पराजुली, नारायणी कुँवर, प्रभावकारी सहकारीका कोषाध्यक्ष राधादेवी गुरुङ, सन्तबहादुर भुजेल लगायतले बोलेका थिए।

Related News

सम्बन्धित समाचार

  • पोखरामा मनाइयो अपांगता दिवस

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८०
    पोखरा । ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता अपांगता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’ भन्ने नारासहित यस वर्षको अपांगता…
  • ‘लोकतन्त्रविरोधी आन्दोलनको भविष्य छैन’

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८०
    पोखरा । लोकतन्त्रविरोधी आन्दोलनको भविष्य नभएको शनिबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताले जोड दिए । ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार…
  • प्राडा रामचन्द्रलाई नाट्यचार्य सम्मान

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८०
    पोखरा । नेपाल नाट्यअनुष्ठान पोखराका अध्यक्ष प्राडा रामचन्द्र पोखरेललाई नाट्यचार्य सम्मान प्राप्त भएको छ । असमेली नेपाली नाट्यसम्मेलन सन् २०२३…
  • पोखरा १३ मा यौन तथा प्रजनन् स्वास्थ्य शिविर

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८०
    पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ सहरी स्वास्थ्य केन्द्र कुँडहरको आयोजनामा यौन तथा प्रजनन् स्वास्थ्य शिविर सम्पन्न भएको छ…
  • लामा फाउन्डेसनका अमृतद्वारा शैक्षिक सामग्री र पोसाक वितरण

    आदर्श समाज सम्वाददाता मंसिर १७, २०८०
    पोखरा । लामा अमृत फाउन्डेसन घान्द्रुकका संस्थापक अमृत गुुरुङले घान्द्रुकका ३ विद्यालयमा शैक्षिक सामग्री र पोसाक वितरण गरेका छन् ।…

hero news full width