पोखरा, १४ चैत। महिलाहरुलाई आर्थिक रुपमा सशक्त र आत्मनिर्भर बनाउने उद्देश्यले पोखरा महानगरको ‘उपमेयरसँग महिला कार्यक्रम’ को ऋण लगानीका लागि रकम हस्तान्तरण गरिएको छ। पोखरा–२३, घाँटीछिनाको प्रभाकारी महिला विकास बचत तथा ऋण सहकारी संस्था मार्फत उपलब्ध गराइएको रकम वितरण गरिएको हो।
सहकारीको सहकार्यअन्तर्गत ऋण लगानी गरिएको उक्त रकम उपमेयसँग महिला कार्यक्रमका संयोजक उपमेयर मञ्जुदेवी गुरुङले ११ जनालाई रकम वितरण गरेकी हुन्।
उपमेयरसँग महिला कार्यक्रमको सहकारीसँग सहकार्य गरेर ऋण लगानी गर्नसक्ने व्यवस्था अनुसार घाँटिछिनाको प्रभावकारी महिला सहकारी संस्थाले ९ लाख रुपैयाँ प्राप्त गरेको थियो। उपमेयरसंग महिला कार्यविधिले विपन्न, एक र अपाङ्ग महिलालाई ऋण लगानी गर्नुपर्ने कार्यविधिमा उल्लेख छ। कार्यविधिमा रहेर सहकारीले आह्वान गरेको प्रस्तावमा ११ जनाले ऋणका लागि निवेदन दिएको र उनीहरुलाई रकम वितरण गरिएको प्रभावकारी महिला सहकारीका संस्थाका अध्यक्ष लोककुमारी क्षेत्रीले जानकारी दिइन्।
सहकारीले तीन प्रतिशत व्याजमा ऋण महानगरबाट प्राप्त गर्ने र ६ प्रतिशत व्याजमा लक्षित समुदायका व्यक्तिलाई लगानी गर्नुपर्ने व्यवस्था कार्यविधिले गरेको उपप्रमुख मञ्जुदेवी गुरुङले बताइन्। उपमेयर गुरुङले यो कार्यक्रमले महिलालाई आत्मनिर्भर र आर्थिक रुपमा सवल, सक्षम बनाउने विश्वास ब्यक्त गरिन्। उनले थोरै रकमले लगानी गरेर केही गर्छु भन्ने महिलाका लागि उपमेयरसँग महिला कार्यक्रमले सहयोग पुग्ने बताइन्।
कार्यक्रममा प्रभावकारी महिला बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष टोपलीदेवी पराजुली, नारायणी कुँवर, प्रभावकारी सहकारीका कोषाध्यक्ष राधादेवी गुरुङ, सन्तबहादुर भुजेल लगायतले बोलेका थिए।
Related News
सम्बन्धित समाचार
प्रधानमन्त्रीले शिलान्यास गरे प्रदेश प्रशिक्षण प्रतिष्ठान
पोखराको फुटपाथ र पार्किङ व्यवस्थापन गर्न पाेउवा संघले बुझायो ज्ञापनपत्र
पेचिलो पोखराको पार्किङ
विन्दुवासिनी संस्कृत विद्यापीठको पक्की छात्राबास
माटो निकालेर फेवातालको आयु बढाइने
hero news full width
मुख्य समाचार
ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
स्कुल टिकाउन विद्यार्थी वन्धक !
फागुन १६, २०७७नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७संसद बैठकः सत्तापक्षको बेन्च झमेला
फागुन १६, २०७७आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७