प्रश्नपत्र आउट हुँदा प्रदेश नं २ को एसईई परीक्षा स्थगित

एजेन्सी
चैत्र १५, २०७५
see-exam

फाइल तस्बिर

पोखरा, १५ चैत । माध्यमिक शिक्षा परीक्षा (एसईई)को प्रश्नपत्र बाहिरिएको आशंका गरिएको छ । सामाजिक विषयको प्रश्नपत्र सप्तरी र धनुषामा बाहिरिएको आशंका गरिएको हो । प्रश्नपत्र जनकपुरबाट बाहिरिएको हुनसक्ने अनुमान गरिएको छ ।

जनकपुरबाट बाहिरिएको प्रश्नपत्रलाई सामजिक सञ्जालमार्फत सप्तरी पुगेको आशंका गरिएको हाम्रा संवाददाता विद्यानन्द रामले जानकारी दिए । सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सप्तरीबाट प्रश्नपत्र नबाहिरिएको पुष्टि गनुभयो ।

‘हाम्रो जिल्लाबाट प्रश्नपत्र बाहिरिएकै छैन,’ उनले भने । ‘प्रश्नपत्रमा लगाइएको लाहछाप उप्किएको छैन ।’ प्रश्नपत्र राती ११ बजे नै बाहिरिएको थियो ।
यसअघि बिहिबार सप्तरी र सिरहामा विज्ञान बिषयको प्रश्नपत्र बहिरिएको थियो । जसकारण प्रदेशभर विज्ञान विषयको परीक्षा रद्द गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • ३ वर्षमा ३०० आत्महत्या !

    रामकुमार श्रेष्ठ भाद्र २६, २०८१
    नवलपुर । नवलपुरमा पछिल्लो ३ वर्षमा ३ सय बढीले आत्महत्या गरेको पाइएको हो । गत वर्ष तुलनामा यो वर्ष आत्महत्या…
  • सडक निर्माण ढिलाइको विरोध

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको काममा ढिलासुस्ती भएको भन्दै गैँडाकोटमा स्थानीयले सोमबार चक्काजाम गरी विरोध जनाएका छन् । सडक…
  • निजामती कर्मचारीलाई पुरस्कार प्रदान

    आदर्श समाज सम्वाददाता भाद्र २३, २०८१
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा पुरस्कारबाट ४० जना कर्मचारीलाई पुरस्कार प्रदान गरेका छन् । सिंहदरबारमा शनिबार २१…
  • हर्षोल्लासका साथ मनाइयो तीज

    आदर्श समाज सम्वाददाता भाद्र २२, २०८१
    पोखरा । यसपालिको हरितालिका तीज हर्षोल्लासका साथ मनाइएको छ । देशभरका शिव मन्दिरमा व्रतालु महिलाको ठूलो भीड लागेको थियो ।…
  • लामाचौर तीज महोत्सव सुरु

    आदर्श समाज सम्वाददाता भाद्र १९, २०८१
    पाखरा । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा बुधबारदेखि २६ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८१’ सुरु भएको छ । महिलाहरुको महान्…

hero news full width