विधिको शासनबाट नै सुशासन कायम हुन सक्छ– प्रदेश प्रमुख कुँवर

आदर्श समाज सम्वाददाता
चैत्र १४, २०७५
20190328_124145 (3)

वन्दीपुर (तनहुँ) , १४ चैत । गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले विधिको शासनबाट नै मुलुकमा सुशासन कायम हुन सक्ने बताएका छन् ।

प्रदेश सभा सार्वजनिक लेखा समिति गण्डकी प्रदेशद्वारा तनहुँको बन्दीपुरमा आयोजित आर्थिक सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि सार्वजनिक लेखा समिति गण्डकी प्रदेश र सरोकारवाला संस्थाहरुबीच समन्वय र सहकार्य विषयक दुई दिने गोष्ठीको शुभारम्भ गर्दै प्रदेश प्रमुख कुँवरले भने – बजेट जुन शीर्षकमा छुट्यायएको हो त्यो शीर्षक अनुरुप खर्च नगर्नु पनि भ्रष्टाचार हो ।

पहिलेको व्यवस्था नराम्रो भएकै कारण परिवर्तन मार्फत नयाँ व्यवस्था  ल्यायौँ, यो व्यवस्थालाई पनि राम्रो वनाउन सकिएन भने हाम्रो बाटो कता हुने ? प्रश्न गर्दै कुँवरले विधिको शासनले नै देशलाई सुशासनको बाटोतर्फ अगाडि बढाउन मद्वत गर्छ ।

भ्रष्टाचार र शासन व्यवस्था खराब भयो भनेर नै हामीले लोकतन्त्र ल्यायौ फेरि पनि त्यही कुरा दोहोरिन दिनु हुँदैन, नेपाली नागरिकता भएरमात्र हुँदैन, आफ्नो मातृभूमिप्रति जिम्मेवार हुन पनि त्यतिकै आवश्यक छ, प्रदेश प्रमुख कुँवरले भने–विधिको शासनमा जो सुकैपनि कारवाहीको भागिदार हुनै पर्छ, यो ठूलो मान्छे यो सानो मान्छे हुँदैन ।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले देश समाजवाद तर्फ उन्मुख भएकाले राज्यका हरेक तहमा सुशासन महत्वपूर्ण हुने बताए । राज्यका तीनओटै तहमा सुशासन कायम गर्न सरोकारवाला निकाय र नागरिक समाजको खवरदारी नियमित हुनु पर्नेमा अधिकारीको जोड थियो ।

महालेखा परीक्षक टंकमणि शर्माले भ्रष्टाचार नियन्त्रण भएमात्र सुशासन कायम हुन सक्ने कुरामा जोड दिँर्दै सुशासनले मात्र भ्रष्टाचार नियन्त्रणमा आउन सक्ने बताए । स्थानीय तहमा भ्रष्टाचारको ठूलो संचालन भएको उल्लेख गर्दै शर्माले भ्रष्टाचार खोतल्क कठिन हुने र त्यसपछि कारवाही गर्न समेत मुस्किल हुने गरेको भनाई उनको छ ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिवहादुर चुमानले तीनै तहका सरकारमा रहेको व्यक्ति तथा कर्मचारीलाई नागरिक समाज, भ्रष्टाचार विरुद्व कामगर्ने संस्थाले सचेत गराइराख्नु पर्नेमा जोडदिए ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले सार्वजनिक लेखा समितिको प्रतिवेदन पालना गर्न प्रदेश सरकार सदा तयार रहेको उल्लेख गरे । गण्डकी प्रदेशका उपसभामुख सृजना शर्माले राज्यका हरेक निकायमा हुने भ्रष्टाचार न्यूनीकरण गर्न प्रतिबद्वताका साथ अगाडि वढ्नुको विकल्प नभएको वताइन् ।

प्रदेश सभा गण्डकी प्रदेशका प्रमुख विपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले लोकतन्त्रलाई संस्थागत गर्न सुशासन कायम राख्नु र भ्रष्टाचार नियन्त्रण गर्नु प्रमुख दायित्व भएको बताए ।गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीराम पौडेलले सुशासन समाज विकासको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै विधिको शासन लागु हुन जरुरी भएको बताए ।

आयोजक संस्था यूएनडिपिका सुदीप अर्यालले सुशासनका लागि प्रदेश कार्यालय र प्रदेश सांसदहरुको कार्यक्षमता वृद्धि गर्न उक्त गोष्ठीको आयोजना गरेको बताए ।

नेपाल उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले देशको सुशासन स्थापना हुन नसक्नुमा सवैको चिन्ताको बिषय भएको बताउँदै शुद्धीकरणका लागि माननीयहरुबाट नै सुरुआत हुन जरुरी भएको बताए ।

गोष्ठीमा महालेखा परीक्षक टंकमणि शर्मा, संघीय संसदका सांसद राजेन्द्र केसी, विरोध खतिवडा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व सचिव श्रीधर सापकोटा, व्यवस्थापकीय संसद सचिवालयका पूर्व सचिव सोमवहादुर थापा, टान्सपरेन्सी इटरनेशनलका आनन्दराज मूल्मी, लगायते कार्यपत्र प्रस्तुत गर्ने छन् ।

सार्वजनिक लेखा समिति गण्डकी प्रदेशका सभापति कुमार खड्काको अध्यक्षतामा भएको उक्त गोष्ठीमा सार्वजनिक लेखा समिति गण्डकी प्रदेश सदस्य प्रभा कोइरालाले धन्यवाद ज्ञापन गरेकी थिइन भने कार्यक्रम संचालन गण्डकी प्रदेश सांसद सावित्री गुरुङले गरेकी थिइन् ।
अञ्जनराज न्यौपाने

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width