ज्योतिष परिषद्को १६ औं वार्षिकोत्सव सम्पन्न

आदर्श समाज सम्वाददाता
चैत्र १४, २०७५
55686825_420960498450348_8054665316254351360_n

पोखरा, १४ चैत । नेपाल ज्योतिष परिषद् जिल्ला कार्य समिति कास्कीको १६ औं वार्षिकोत्सव एवं गण्डकी पञ्चाङ्ग विमोचन कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि हिमाल पञ्चाङ्गका पञ्चाङ्गकार, ज्यो पध्मनाभ त्रिपाठी विशिष्ट अतिथि डा. लेखनाथ आचार्य, ज्यो. मनोहर त्रिपाठीले संयुक्त रुपमा दिप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

सरस्वतीको फोटोमा माल्यार्पण गरी शुभारम्भ गरिएको उक्त कार्यक्रममा अध्यक्ष ज्यो. बासुदेव सुवेदीद्वारा वार्षिक प्रतिवेदन साथै कोषाध्यक्ष ज्यो. केदार प्र. लम्सालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा ज्यो. हिराकास्यपद्वारा प्रकाशित गण्डकी पञ्चाङ्ग विमोचन कार्य प्रमुख अतिथि एवं विशिष्ठ अतिथिद्वारा संयुक्त रुपमा गरिएको थियो । उक्त पञ्चाङ्गका सम्पादकको तर्फबाट ज्यो. मोहराज ढकालले बोलेका थिए । प्रकाशकले पञ्चाङ्गमा भएका विविध कुराका जानकारी गराएका थिए ।

कार्यक्रममा विशिष्ठ अतिथि डा. लेखनाथ आचार्यले विद्वत् वर्गमा हुनुपर्ने गुण,आचारण र व्यावहारिक शुद्धता साथै ज्योतिषी तथा कर्मकाण्डी गुरुहरुमा भएका विकृति एवं विसंगतीलाई हटाउन सबै मिलेर अगाडि बढ्नुपर्ने कुरामा जोड दिए ।

केन्द्रीय सदस्य ज्यो. नारायण बराललाई र गण्डकी प्रदेश उपाध्यक्ष ज्यो. मोहराज ढकाललाई कदरपत्र द्वारा सम्मान गरिएको थियो । करिब डेढसय जनाको सहभागी रहेको कार्यक्रममा विश्वज्योतिष महासंघ, दक्षिण एसियाली ज्योतिष महासंघ, विश्वम्भरा ज्योतिष परिषद्, राष्ट्रिय धर्मसभा, विश्वहिन्दु महासंघ, वैदिक कर्मकाण्ड परिषद्, संस्कृत युवामञ्च, आदर्श समाज, राष्ट्रिय दैनिक पत्रिकाबाट ज्यो. यज्ञ प्रसाद बास्तोला लगायतका विभिन्न संचारकर्मीहरुको लगायतका प्रतिनिधि साथै यस परिषद्का केन्द्रीय सदस्य गण्डकी प्रदेश सदस्य लगायतका उपस्थिति रहेको थियो ।

कार्यक्रम वक्ताहरुमा केन्द्रीय उपमहासचिव हिराकाश्यप शास्त्री सदस्य नारायण बराल प्रदेश अध्यक्ष रामप्रसाद कोइराला, उपाध्यक्ष मोहराज ढकाल, जिल्ला संस्थापक अध्यक्ष कल्याण पन्त, पूर्व अध्यक्ष होमनाथ पोखरेल, ज्यो. डा. बलराम उपाध्याय रेग्मी, रविभक्त बराल, शंकर खरालले बोलेका थिए । कार्यक्रमका प्रमुख अतिथि ज्यो. पध्मनाभ त्रिपाठीले ज्योतिषीहरुले ज्योतिष शास्त्रको मर्यादा भित्र रहेर कार्य गर्नुपर्ने र विशेष अध्यान गरेर पनि देवि देवताको विशेष आराधना गरि सिद्धी प्राप्त गर्नुपर्ने कुरामा जोड दिँदै उपस्थित ज्योतिषीहरुद्वारा गरिएका पञ्चाङ्ग सम्बन्धि विषयका प्रश्नहरुको उत्तर दिएर समस्या समाधान गरेका थिए ।

जिल्ला सभापति बासुदेव सुवेदीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समितिका तर्फबाट प्रमुख अतिथि विशिष्ठ अतिथिलाई दोसल्ला एवं मायाको चिनो प्रदान गरेका थिए भने कार्यक्रम सञ्चालन सचिव शिवदत्त रेग्मीले गरेका थिए ।उक्त कार्यक्रममा समिति उपाध्यक्ष दुर्गा आचार्य दाहालले स्वागत मन्तव्य व्यक्त गरिकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width