पाथर्दी (तनहुँ), १४ चैत । स्वच्छ वातावरण, चराचुरुङ्गीको चिरविराहटसँगै छङ्छङ्ती झरेको पानीको झरनाले यहाँ पुग्ने जोकोहीको मन लोभ्याउने गरेको छ ।
तनहुँ भिमाद नगरपालिका–९ पाथर्दी गाउँको पुछारमा रहेको धुँवाखोलाको पानी झर्ने इर्लुङ झरना धेरै सम्भावना बोकेको स्थल हो । स्थानीय समाजसेवी ७२ वर्षीय सोमबहादुर रानाका अनुसार ४० मिटर उचाइको झरना पर्यटकीय दृष्टिबाट अन्यन्त महत्वपूर्ण रहे पनि उचित प्रचारप्रसारको अभावमा अपेक्षित विकास भने हुनसकेको छैन ।
“सामान्य झरनाहरू पनि प्रचारप्रसारका कारण विकासका दृष्टिले धेरै अघि बढिसकेका छन”, भारतीय सेनामा जीवनको महत्वपूर्ण समय बिताएर हाल निबृत्त जीवन बिताएका उनले भने । प्रकृतिको यस्तो मनोरमस्थलको आफूहरूले पर्यटन बजारमा पु¥याउन नसकेको बताउँदै उनले यसका लागि सम्बद्ध सबैको सहयोग आवश्यक भएको उल्लेख गरे ।
वरपर हरियाली जङ्गलको मध्यभागमा पुग्दा यहाँको स्वच्छ वातावरणले जोकोहीलाई लोभ्याउने गरेको छ । चराको चिरविराहटसँगै झरनाको आवाजले यहाँ पुग्ने प्रत्येकको मन निकै प्रफुल्लित बनाउने गरेको छ । चैत वैशाखजस्ता गर्मी महीनामा भने पर्यटकका लागि यो ठाउँ वरदान नै सावित हुने गरेको स्थानीयवासी बताउँछन् । यस झरनामा साहसिक खेल क्यानोनिङसमेत सञ्चालन गरिँदै आएको छ ।
हरिनास गाउँपालिका–४ स्थित कटमराम्चेबाट बग्दै आएको सो खोलाको इर्लुङ झरनाबाट बनेको दहमा प्रत्येक वर्ष मङ्सिरमा झाँक्री पूजा गर्ने गरिएको स्थानीय दिलबहादुर थापाले बताए । थापाका अनुसार गाउँमा अनिष्ट नहोस्, बालीनाली राम्रो होस्, रोगव्यादी नलागोस् भनेर परम्परागत रुपमा गरिँदै आएको उक्त पूजामा भेँडा र कुखुराको सामूहिक बलि दिने प्रचलन छ ।
बोयर बाख्राको नमूना गाउँको रुपमा परिचित पाथर्दी गाउँबाट झण्डै आधा घण्टाको समय लाग्ने यस झरनासम्म पुग्ने बाटो निर्माणसँगै आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धन गर्ने तयारी भइरहेको वडाध्यक्ष इमानबहादुर थापाले जानकारी दिए ।
गाउँदेखि लगभग एक किलोमिटरको दूरीमा रहेको झरनासम्म छुट्टाछुट्टै दुईतर्पmबाट पुग्न सकिने उक्त बाटोमा ढुङ्गा छापेर सिँढी निर्माण गर्ने योजना रहेको उनले बताए ।
पहिलो चरणमा सिँढी बाटो निर्माण गरी आवतजावतका लागि सहज बनाउनुका साथै एकतर्फी रेलिङवार निर्माण गर्नका लागि पहल भइरहेको जानकारी दिँदै वडाध्यक्ष थापाले झरनाको विकाससँगै यसलाई पाथर्दी घरबास (होमस्टे)सँग जोड्ने योजना राखिएको बताए ।
Related News
सम्बन्धित समाचार
एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
बराहडाँडा प्राविको भवन निर्माण
कांग्रेस गण्डकीको सम्मेलन तय, विभागमा धमाधम मनोनयन
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
hero news full width
मुख्य समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
मंसिर १८, २०८०प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०