पत्नीको उपचारपछि नेपाल फर्कदै प्रचण्ड

एजेन्सी
चैत्र १४, २०७५
Puspakamal-Dahal-Prachand-810×469

काठमाण्डौ, १४ चैत । पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुगेका नेकपा अध्यक्ष प्रचण्ड विहीवार नेपाल फर्कदै छन् ।

उनी पत्नीको उपचारका लागि १० दिनअघि अमेरिका गएका प्रचण्ड सपरिवार दिउसो ४ वजे नेपाल फर्कन लागेका हुन् ।
पत्नीको उपचार सफल र स्वास्थ्यमा सुधार आउने चिकित्सकहरुले जानकारी दिएका बताइएको छ । अमेरिकामा रहँदा प्रचण्ड त्यहाँस्थित नेपाली दूताबासमा बसेका थिए । प्रचण्ड परिवारको उपचार एवं भ्रमणको सम्पूर्ण व्यवस्थापन राजदूत अर्जुन कार्कीले गरेका थिए ।

अमेरिका बसाइका क्रममा प्रचण्डले मेरील्याण्ड राज्य प्रदेश संसदको अवलोकनसमेत गरे । त्यसक्रममा नेपाली मूलका सांसद ह्यारी भण्डारीले प्रचण्डलाई स्वागत गरेका थिए । प्रचण्डपुत्री गंगादाहालले सामाजिक सञ्जालमा लेखेकी छिन् ।त्यसैगरी राष्ट्र संघका लागि नेपाली स्थायी नियोग न्युयोर्कका स्थायी प्रतिनिधि राजदूत अमृतबहादुर राईसँग पनि प्रचण्डले भेटघाट र छलफल गरेका थिए ।

प्रचण्डले अमेरिकी विदेश मन्त्रालयकी दक्षिण र मध्य एशिया मामिला हेर्ने निमित्त सहायक मन्त्री एलिस जी वेल्ससँग विदेश मन्त्रालयमै पुगेर भेटवार्ता गरेका थिए ।पत्नीको उपचारका लागि अमेरिका गएका बेला नेकपा अध्यक्ष प्रचण्डले विरोध र आलोचनाको समेत सामना गर्नुप¥यो । तिलक श्रेष्ठ नाम गरेका एक नेपालीले प्रचण्डलाई आतंककारी भन्दै एफबीआईमा इमेल लेखेको घटनाले निकै सनसनी मच्चायो ।

त्यसका साथै नेपाली कांग्रेसको भातृ संगठन जनसम्पर्क समिति मेरिल्याण्डले एक विज्ञप्ति नै जारी गरेर प्रचण्डलाई ‘जघन्य हिंसाका कम्युनिष्ट नाइके’ भएको आरोप लगायो । र, उसले प्रचण्डको अमेरिका भ्रमणको खर्च सार्वजनिक गर्न समेत माग ग¥यो ।

माओवादी जनयुद्धकालमा अमेरिका भासिएका नेपालीहरुले अझैसम्म पनि प्रचण्डलाई राजनीतिक रुपमा स्वीकार गर्न नसकेको यी विरोधहरुले देखाएका छन् । यसअघि डा. बाबुराम भट्टराईको अमेरिका यात्राका बेलामा पनि नेपाली समुदायबाट उनको विरोध भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width