नागार्जुनमा गणेशमान उद्यान बन्ने

रासस
चैत्र १३, २०७५
download

काठमाडौँ, १३ चैत । नागार्जुन नगरपालिका–६ मा गणेशमान स्मृति उद्यान निर्माण गरिने भएको छ ।

काठमाडौँ जिल्लाका प्रत्येक नगरपालिकामा ‘एक वडा एक पार्क’ बनाउने काठमाडौँ महानगरपालिकाको नीतिअनुसार नगरपालिका–६ स्थित डाँडापौवामा गणेशमान स्मृति उद्यान निर्माण गरिने नगर प्रमुख मोहनबहादुर बस्नेतले जानकारी दिए । कामपाले उद्यान बनाउन जिल्लाका १० नगरपालिकालाई रु एक एक करोड उपलब्ध गराएको छ ।

कामपा र नगरपालिकाको सहकार्यमा पूर्वमा निजी जग्गा, पश्चिममा श्यामेश्वर गणेशमान सामुदायिक वन, उत्तरमा निजी आवास क्षेत्र र दक्षिण बाटो चार किल्लाभित्र करीब २२ रोपनी क्षेत्रफलमा रु चार करोड ८३ लाखको लागतमा उद्यान निर्माण गरिने नगर प्रमुख बस्नेतले बताए ।

सो उद्यान निर्माणसम्बन्धी सम्झौता भएर विस्तृत परियोजना प्रतिवेदन तयार भई बोलपत्रमा जाने क्रममा रहेको बताइएको छ । उक्त उद्यानमा लौहपुरुष गणेशमान सिंहको शालिक स्थापना र उनको जीवनीका मूलभूत अवस्था उल्लेख गरी नगरपालिकाका १० वटै वडामा रहेका मुख्य धार्मिक, ऐतिहासिक, पुरातात्विक, प्राकृतिक र सांस्कृतिक पहिचान झल्कने आकृति तयार गरिनेछन् ।

साथै पृथ्वीनारायण शाहले उपत्यका विजय गर्दा प्रवेश मार्गका रूपमा प्रयोग गरेको स्थानका रुपमा झल्कने आवश्यक व्यक्तिको पहिचान तथा घटस्थापनामा गोरखाबाट हनुमानढोकामा फूलपाती ल्याइने मार्गबारे अनुसन्धानमूलक यथोचित सूचना सम्प्रेषण गर्ने एक रमणीयस्थलका रुपमा उद्यानको निर्माण गरिने बताइएको छ ।

Related News

सम्बन्धित समाचार

  • तारकाङ पोखरा समाजको सभा

    आदर्श समाज सम्वाददाता मंसिर २४, २०८०
    पोखरा । तारकाङ सम्पर्क समाजको आठौं साधारण सभा शनिबार सम्पन्न भएको छ । मादी ४ का अध्यक्ष शिवप्रसाद सापकोटाको प्रमुख…
  • पोखरामा मनाइयो मानवअधिकार दिवस

    आदर्श समाज सम्वाददाता मंसिर २४, २०८०
    पोखरा । अन्तर्राष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्बरका अवसरमा सबैका लागि मर्यादा, समानता र न्याय भन्ने मूल नाराका साथ कास्कीमा…
  • ‘फरक हिमाली क्षेत्रका समान जीवनशैली’

    आदर्श समाज सम्वाददाता मंसिर २४, २०८०
    पोखरा । भूगर्भविद् तथा फोटोग्राफर डा. इरिका र छोरी इर्मट्रड आमोछोरीले खिचेको हिमाली क्षेत्रका समान जीवनशैलीका तस्वीरबारे पोखरामा जारी आठौं…
  • लायन्स हेरिटेजको न्यानो कपडा

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८०
    पोखरा, २३ मंसिर । लायन्स क्लब अफ पोखरा हेरिटेजको आयोजनामा मानव सेवा आश्रममा सहयोग गरिएको छ । पोखरा २५, हेमजा…
  • वडा नम्बर १२ को चोकचोकमा डस्टबिन

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८०
    पोखरा । पोखरा १२ नम्बर वडा कार्यालयले सरसफाइमा चासो देखाएको छ । शहर सफा राख्न कार्यालयले सामुदायिक विद्यालय, नवीकरण भएका…

hero news full width