पोखरा, १३ चैत । म्यूजिक इभेन्ट ‘पोखरामा प्रमोद खरेल’को होटल पार्टनर र रेस्टुरेन्ट पार्टनर तय भएका छन् । इभेन्टको व्यवस्थापक कम्पनी बार्दली मिडिया प्रालिका अनुसार होटल पार्टनरमा ‘द कल्चर रिसोर्ट’ र रेस्टुरेन्ट पार्टनरमा ‘बाजेको सेकुवा’ले सहकार्य गरेका छन् ।
चैत २२ गते पोखरा सभागृहमा हुने म्यूजिकल इभेन्ट ‘पोखरामा प्रमोद खरेल’ अन्तरगत यी दुई व्यवसायिक संस्थानहरुले ‘हस्पिटालिटी’सम्बन्धि सेवा दिनेछन् । ‘व्यवसायिक रुपमा हामीले सहकार्य गरिसकेका छौँ । र, इभेन्टको सफलतालाई लिएर हामीसँग सहकार्य गर्ने कम्पनीहरुप्रति हामी कृतज्ञ छौँ ।’ बार्दली मिडिया प्रालिका प्रबन्ध निर्देशक मन क्षेत्रीले भने–‘हस्पिटालिटी क्षेत्रमा अब्बल ठहरिएका होटल र रेस्टुरेन्टसँगको सहकार्य हाम्रो लागि फाइदाजनक कुरा हो ।’
त्यसो त इभेन्टको प्रभावकारिता देखेरै आफूहरुले व्यवसायिक रुपमा सहकार्य गरेको होटल र रेस्टुरेन्ट संचालकहरुले बताएका छन् । ‘यो इभेन्टसँग जोडिँदा व्यवसायिक लाभसँगै सामाजिक उत्तरदायित्व वहनको महशुस हामीले गर्न पाएका छौँ ।’ बाजेको सेकुवा पोखराका संचालक एकराज गिरीले भने । त्यस्तै होटल ‘द कल्चर रिसोर्ट’का संचालक प्रकाश कार्कीले पोखरामा प्रमोद खरेल कार्यक्रमसँग जोडिन पाउँदा खुशी लागेको प्रतिक्रिया दिए ।
यसअघि इभेन्टको प्रोमोटेड बाइ टाइटलमा टार्गेट इन्टरनेशनल एजुकेशनले सहकार्य गरिसकेको छ । एभिन्यू ग्रुप अफ कमर्शको आयोजना र मनिटरिङ पिस फाउन्डेशनको सहआयोजनामा हुने कार्यक्रम ‘पोखरामा प्रमोद खरेल’का लागि आयोजकले अन्तिम तयारी गरिरहेको छ ।
Related News
सम्बन्धित समाचार
पोखरामा देशकै ठूलो अटो मेला
शान्ति श्रीसको ‘जाम हिँड साइँली’
लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा २ युवतीको मृत्यु
पोखरा–२९ मा टोलस्तरीय खेलकुद कप सुरु
तारकाङ पोखरा समाजको सभा
hero news full width
मुख्य समाचार
प्राडा बुद्धिलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, दीपेन्द्रलाई पत्रकारिता पुरस्कार
१७ वर्षे बालकले बस चोरेर चलाउँदा
मंसिर २४, २०८०‘फरक हिमाली क्षेत्रका समान जीवनशैली’
मंसिर २४, २०८०पुम्दीकोटमा रुंगटा एक्लैको २ करोड दान
मंसिर २३, २०८०माधव नेपालले दिए छानबिनको चुनौती
मंसिर २३, २०८०यसरी रित्तियो बक्राङ
मंसिर २३, २०८०