पोखरा–१३ चैत । पर्यटकको थप आर्कषण बढाउन महेन्द्रगुफा र चमेरे गुफामा कार्यरत कर्मचारीलाई पर्यटन र आतिथ्य सत्कारका विषयमा प्रशिक्षण दिइएको छ ।
विन्ध्यवासिनी माविले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पर्यटन व्यवस्थापनका विषयमा सहजीकरण गर्दै विभिन्न माध्यमबाट पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्न सुझाव दिए ।
पर्यटकको सही व्यवस्थापन गर्न र पर्यटकीय क्षेत्रमा थप आर्कषण बढाउनु पर्ने बताए ।बोर्डका पूर्व केन्दी्रय सदस्य टिकाराम सापकोटाले पर्यटन क्षेत्र र पर्यटकका विषयमा सहजीकरण गरे । ।उनले सन् १९९० पछिमात्र पोखरामा पर्यटनले व्यवसायिक रुप लिएको बताउँदै यसको दिगो व्यवस्थापन आवश्यक रहेकोमा जोड दिए ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष जीवनप्रसाद आचार्यले अरु क्षेत्र भन्दा पर्यटन क्षेत्र विशेष किसिमको भएको हुँदा, त्यस क्षेत्रका व्यक्तिको व्यवहार विशिष्ट हुनुपर्ने बताए ।
कृषिविज्ञ वेनी ब. वस्नेत, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापा,प्रधानाध्यापक कृष्णप्रसाद आचार्य लगायतकाले यस्ता कार्यक्रमले कर्मचारीमा क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सहभागीहरुले बेलाबेलामा कर्मचारीलाई अन्य पर्यटकीय क्षेत्रको अवलोकन गराउनु पर्ने र सेवा सुविधामा ध्यान दिनुपर्ने बताएका थिए । अभिमुखीकरण कार्यक्रममा दुवै गुफामा कार्यरत १३ जना कर्मचारीको सहभागिता रहेको थियो ।
Related News
सम्बन्धित समाचार
पोखरामा मनाइयो अपांगता दिवस
‘लोकतन्त्रविरोधी आन्दोलनको भविष्य छैन’
प्राडा रामचन्द्रलाई नाट्यचार्य सम्मान
पोखरा १३ मा यौन तथा प्रजनन् स्वास्थ्य शिविर
लामा फाउन्डेसनका अमृतद्वारा शैक्षिक सामग्री र पोसाक वितरण
hero news full width
मुख्य समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
मंसिर १८, २०८०प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
मंसिर १७, २०८०एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०