खलङ्गा, १३ चैत । जुम्लाको पातारासी क्षेत्रमा किर्डाक नेपाल र काष्डा जुम्लाले गरेको कामका विषयमा मङ्गलबार संयुक्त अनुगमन गरिएको छ । वल्डभिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालित परियोजनाको संयुक्त अनुगमन गरिएको छ ।
बालबालिकाको सिकाइ उपलब्धि वृद्धि गर्नका लागि जिल्लाका विभिन्न गाउँमा प्लान इन्टरनेशनल र यी संस्थाहरुले साझेदारीमा शुरु गरेका परियोजनाअन्तर्गत पढाइ शिविर सञ्चालन गरेका छन् ।
शैक्षिकस्तर न्यून भएका बालबालिकालाई पढाइ शिविरमार्फत उनीहरुको सिकाइ उपलब्धिमा वृद्धि गर्नका लागि पढाइ शिविर सञ्चालन गरिएको हो । बालबालिकाका लागि मनोरञ्जनपूर्वक सुरक्षित स्थानमा पढाइ विकास गर्न आफ्ना साथीसँगै सिक्ने अवसर प्रदान गरिएको छ । पढाइ केन्द्रमा बालबालिका विभिन्न क्रियाकलापमा व्यस्त हुने गरेका छन् । पढाइ केन्द्र पाँच सीपमा आधारित पाठ्यक्रमअनुसार सञ्चालन गर्ने गरिएको छ । बालबालिकालाई पढाइप्रति रुचि जगाउन र पठन सीपमा उपलब्धि हासिल गर्न सहयोग पु¥याएको छ ।
बालबालिकाको पढ्ने बानीको विकास गरी सिकाइ उपलब्धिमा सुधार गर्ने प्रमुख उद्देश्यका साथ पढाइ शिविर सञ्चालनमा ल्याइएको किर्डाक नेपाल जुम्लामा जिल्ला संयोजक रेशमबहादुर शाहीले जानकारी दिए । यस्तै बालबालिकाले बुझेर पढ्न तथा पढाइ गति, शुद्ध उच्चारण, वान्की मिलाएर पढ्न सक्ने बानीको विकासमा सहयोग गर्ने, भाषाका चार सीप सुनाइ, बोलाइ, पढाइ र लेखाइ विकासमा सहयोग पु¥याउनेजस्ता उद्देश्यका साथ पढाइ शिविर सञ्चालन गरिएको उनले बताए ।
जसमा पढाइ सीपमा केन्द्रित गर्ने, पढाइलाई जीवनसँग जोडेर लिने, पढाइको वातावरणलाई सक्रिय तथा आनन्ददायक बनाउने, विद्यालय तथा समुदायस्तरमा पढाइ विकाससम्बन्धी सामग्री निर्माण गरिन्छ । पढाइ शिविरमा विभिन्न सीप सिकाउने गरिएको छ । जसमा अक्षर ज्ञान, स्वर सचेतना, शब्द ज्ञान, पढाइ गति र पढाइ बोध रहेका छन् ।
सरकारले तयार पारेको पाठ्यक्रममा आधारित भएर सञ्चालन हुने शिविरमा हरेक दिन फरक–फरक विषयवस्तुका बारेमा छलफल हुने गरेको छ ।
Related News
सम्बन्धित समाचार
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
पर्वतको फलामखानीका विद्यार्थीलाई पोखरेली व्यवसायीको न्यानो कपडा
‘लोकतन्त्र विरोधी आन्दोलनको भविष्य छैन’
बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
hero news full width
मुख्य समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
मंसिर १७, २०८०एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०