बनेपा, १३ चैत । जिल्ला कारागार धुलिखेल काभ्रेपलाञ्चोकमा रहेका कैदीबन्दी थुन्से, मुडा र पोते बुनेर आम्दानी गरेका छन् ।
उनीहरुलाई कारागार प्रशासनले विभिन्न सीपमूलक काम गर्न प्रेरित गरेर सो आम्दानी गर्ने माध्यम बनाएका हुन् । उनीहरुको आचरणमा सुधार गर्नका लागि बचेको समयलाई आर्थिक उपार्जनमा लगाएपछि सीपमूलक काममा व्यस्त भएको कैदीबन्दीको भनाइ छ ।
बहुविवाह मुद्दामा काभ्रेपलाञ्चोकको धुलिखेलस्थित जिल्ला कारागारमा बन्दी जीवन बिताइरहेका हिक्मतसिं लामा भन्छन “दुर्ई जनाले दिनमा ४०÷४१ सम्म थुन्से बुन्दै आएका छौँ”, दिनको एक जनाले २०÷२१ सम्म बुन्ने गरेको उनको भनाइ छ ।
बन्दी जीवनमा परेपछि त्यतिकै बस्नुभन्दा केही गर्नुपर्छ भन्ने हेतुले चार महीना अगाडिदेखि उक्त काम गरिरहेको उनले बताए । उनका अनुसार चोया काट्ने अर्कै, बिट गर्ने अर्कै र बुन्नका लागि चकटी बनाउने अर्कैले गर्दछ । त्यसरी काम गरेबापत दिनको १०० देखि १२० सम्म कमाइ हुन्छ । “कमाएको पैसाले जेलभित्रको खानाखाजाको अतिरिक्त खान मन लागेको खाजा खाने र बाँकी रहेको पैसा घरमा श्रीमतीलाई पठाउने गरेको छु”, उनले बताए ।
अर्का ज्यान मुद्दामा बन्दी जीवन बिताइरहेका रामकृष्ण न्यौपानेले छ÷सात महीना अगाडिदेखि थुन्से बुन्ने काम गरेको बताए । कारागारभित्रै थुन्से बुन्ने सीप सिकेको बताउने उनले सो कामबाट महीनाको दुई÷तीन हजार आम्दानी गरेको सुनाए । “कमाएको सबै पैसा घरमा पठाउँछु”, उनले भने ।
त्यसैगरी बालविवाह मुद्दामा बन्दी जीवन बिताइरहेका राम दनुवारले कारागारभित्रैको सोही ठाउँको अर्को कुनामा मुडा बुन्ने काम गरेका छन् । दिनको एक÷दुईसम्म मुडा बुन्ने गरेको बताउने उनले सो कामबाट आम्दानी गर्न सजिलो भएको जनाए । “यही आएर मुडा बुन्ने सीप सिकेको हुँ”, उनले भने –एउटा मुडा सकाएको रु २०० पाउँछु, महीनाको काम हेरेर रु छ हजारदेखि आठ हजारसम्म कमाउँछु । कमाएको सबै पैसा घरमा पठाउने गरेको उनको भनाई छ । त्यसरी काम गरेको दुई÷तीन महीना भएको उनले सुनाए । उनका अनुसार मुडा बुन्ने काममा चार÷पाँच जना लाग्ने गर्छ ।
अर्का बन्दी जीवन बिताइरहेका सुप्रिम वाइबाले १५ महीना अगाडिदेखि निरन्तर मुडा बुन्ने काम गर्दै आएका छन् । त्यहीँ सीप सिकेर निरन्तररूपमा काम गरिरहेका उनले दिनको १५० देखि २०० रुपैयाँ सम्म कमाउने गरेको सुनाए ।
“राम्रोसँग सीप सिक्न एक महीना लाग्यो”, उनले भने “अहिले दिनको दुई÷तीन सम्म मुडा तयार गर्छु, यही पैसाबाट क्याम्पस पढिरहेको छु ।”
जबर्जस्ती करणी मुद्दामा बन्दी जीवन बिताइरहेका उहाँ त्यसरी काम गरेसँगै क्याम्पससमेत अध्ययन गरिरहेको बताउछन । “अहिले कक्षा ११ मा ग्रामीण विकास विषय लिएर पढ्दै आइरहेको छु”, उनले भने “बिहान उठेर बाहिर निस्केपछि ७ बजेबाट काम गर्ने र बेलुका भित्र पसेपछि फुर्सद भएको बेलामा पढ्ने गर्छु ।”
कारागारभित्रका मुडा बुन्ने काम हेर्ने संयोजक सुरज थापाले एउटा मुडा बनाएबापत रु १६० पाउने गरेको बताए । सामान ल्याएको पैसा कटाएर बाँकी बचेको पैसा उनीहरुले नै पाउने गरेको उनको भनाइ छ । बाँस, रङ्ग, धागोलगायतका सामान बाहिरबाट ल्याएर बनाउने गरेको थापाले बताए । उनका अनुसार त्यसरी बनाएको मुडा प्रतिगोटा रु ४५० मा बिक्री हुन्छ । दिनको २५÷३० मुडा उत्पादन हुने उनले सुनाए ।
जिल्ला कारागार प्रमुख जङ्गबहादुर राईले कारागारमा कैदी बन्दी जीवन विताईरहेकाहरुलाई निस्केको समयलाई कसरी उपयोग गर्ने भन्ने हिसाबले सीपमूलक कामलाई प्राथमिकता दिएको बताए ।ब्यक्तित्व विकास, आचरण सुधार गर्दै फुसर्दको समयलाई कसरी सदुपयोग गर्ने भन्ने कुरालाई उपयोग गर्नका लागि सीपमूलक काम आवश्यक रहेको उनले बताए । कैदी बन्दीहरुमध्ये अहिले ४०÷५० जना मुडा र थुन्से बनाउने काममा संलग्न भईसकेको छ ।’ कारागारमा भएका २३० जना मध्ये थुनुवा(बन्दी) ७९ जना र कैदी १५१ जना रहेका छन् ।
Related News
सम्बन्धित समाचार
व्यापार मेलामा २५० स्टल
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
व्यापार मेलामा ज्येष्ठ नागरिकलाई निशुल्क प्रवेश
फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
राजनीति र आन्तरिक द्वन्द्वले सहकारी बदनाम : मन्त्री जिसी
hero news full width
मुख्य समाचार
जलारी दुखेसो : आजसम्म थाहा छैन हामी को हौं ?
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मंसिर १९, २०८०मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०