बेझाड, १२ चैत । पाल्पा निस्दी गाउँपालिका–६ अर्चलेको सिसिङ्गाका कुखुरामा रानीखेत रोग फैलिएको छ । गाउँमा पालिएका कुखुरा रानीखेत रोगले मर्न थालेपछि कृषक चिन्तित बनेका छन् । rss
खोरै रित्तिने गरी कुखुरा एकाएक मर्न थालेको कृषक विजय सारुले बताए । “गाउँका कृषकको आयस्रोत नै कुखुरा बाख्रापालन व्यवसाय हो, एक्कासी यसरी रोग लागेर उपचार गर्न नपाउँदै कुखुरा मर्न थाल्यो” उनले भने ।
यहाँका कृषकले कुखुरा पालेर छोराछोरीको पढाइ खर्च, साँझ बिहानको घरखर्च चलाउँदै आएका छन् । कुखुरा झोक्राउन थालेपछि काटेर खाने र केही कुखुरा जथाभावी खुल्ला ठाउँमा फालेका कारण गाउँभरी नै रानीखेत रोगको संक्रमण फैलिएको पशु स्वास्थ्य प्राविधिक मनवीर नेपालीले बताए ।
अहिले बाकी रहेका कुखुरामा रानीखेत विरुद्धको एन्टिवायोटिक नामक भ्याक्सिन दिइरहेको उनले बताए । सिसिङ्गा गाउँभरी नै पालिएका कुखुरामा रानीखेत रोगको संक्रमण फैलिएपछि पशु शाखा निस्दीले वडाभरी नै एन्टिबायोटिक भ्याक्सिङ दिने तयारी गरिरहेको शाखा प्रमुख ओमबहादुर मश्राङ्गी बताए ।
कुखुरा झोक्राउने, दानापानी नखाने, सिर रातो हुने, खुट्टामा रातो र निलो देखिने, हरियो रङ्गको दिशा गर्ने, अण्डा पार्न विस्तारै कम गर्दै जाने, ज्वरो आउने लगायतका लक्षण रानीखेत रोग लागेका कुखुरामा देखापर्दछ ।
Related News
सम्बन्धित समाचार
व्यापार मेलामा २५० स्टल
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
व्यापार मेलामा ज्येष्ठ नागरिकलाई निशुल्क प्रवेश
फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
राजनीति र आन्तरिक द्वन्द्वले सहकारी बदनाम : मन्त्री जिसी
hero news full width
मुख्य समाचार
जलारी दुखेसो : आजसम्म थाहा छैन हामी को हौं ?
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मंसिर १९, २०८०मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०