डडेल्धुरा, १३ चैत । मौसम बदलीसँगै डडेल्धुरामा भाइरल ज्वरोको सङ्क्रमण फैलिएको छ । केही दिन यतादेखि भएको मौसम बदलीपछि डडेल्धुराका स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकीसहित निमोनियाका बिरामीको चाप बढेको हो ।
केही दिनयता डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पताललगायतका अन्य स्वास्थ्य संस्थामा ज्वरो र रुघाखोकीका बिरामीको चाप ह्वात्तै बढेको छ । दैनिक १०० बिरामी पुग्ने डडेल्धुरा अस्पतालमा यतिवेला दैनिक १५० भन्दा बढी बिरामी आउने गरेको डडेल्धुरा अस्पतालका डा ललित सुरीले जानकारी दिए ।
बिरामीमध्ये बढी बालबालिका रहेका छन् । स्वास्थ्य संस्थामा उपचारका लागि आउने बालबालिकामा बढीजसो ज्वरोका बिरामी रहेका छन् । ज्वरो र रुघाखोकीका मात्रै दैनिक ४० देखि ५० बालबालिका उपचारका लागि अस्पतालमा आउने गरेको डा सुरीले बताए ।
दूषित खानेपानी, चेतना अभाव, सरसफाइ अभाव, रोगबारेको अज्ञानतालगायतका कारणले यस क्षेत्रमा गर्मीको शुरुआतसँगै सरुवा तथा भाइरलजन्य रोग सङ्क्रमण बढ्दै गइरहेको छ । जिल्लाका ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा समेत भाइरलजन्य रोगका बिरामीको चाप बढेको स्वास्थ्य संस्थाका कर्मचारी बताउँछन् ।
जिल्लाका सबै अस्पताल र स्वास्थ्यचौकीमा भाइरल रोगका बिरामीले भरिएको र जाँच गर्ने बिरामीको चाप बढिरहेको स्वास्थ्यकर्मी बताउँछन् । डडेल्धुरा जिल्लाको उपक्षेत्रीय अस्पताल, जोगबुढा अस्पताललगायतका विभिन्न स्वास्थ केन्द्रमा भाइरलजन्य रोगका बिरामीको चाप बढेको छ । स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप दोब्वरले बढेको जोगबुढा अस्पतालले जनाएको छ ।
झाडापाखाला, रुघाखोकी, ज्वरो, टाइफाइट, एलर्जी, निमोनियालगायतका भाइरलजन्य रोगका बिरामीको संख्या ह्वात्तै बढेको छ । रोगको सङ्क्रमण हुनेमा बढी बालबालिका र वृद्धवृद्धा रहेको भागेश्वर गाउँपालिकाका स्वास्थ्य प्रमुख मानबहादुर शाहले बताए ।
मौसम बदलीका कारण पानी फोहर हुने हुँदा विभिन्न रोगको सङ्क्रमण हुने चिकित्सकहरुको भनाइ छ । बालबालिका र वृद्धवृद्धा यसबाट बढी प्रभावित हुने गर्दछन् । वर्षाका कारण पानीका मुलमा फोहर मिसिने हुँदा भाइरलजन्य रोगको सङ्क्रमण बढेको उपक्षेत्रीय अस्पतालका ल्याव प्रमुख ईश्वरीप्रसाद भुसालले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
ऋषि कट्टेलकाे नेकपा वैधानिक, अोली- दाहालकाे खाेरज
घुम्ने कर्मचारीलाई महिनाभरिको तलब, आधा महिना छुट्टी
सहिदका छोराछोरीलाई उच्च शिक्षाको चिन्ता
यसरी शुरु हुँदै छ संसद
पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
hero news full width
मुख्य समाचार
खेलकुदको अब्बल ब्रान्ड : पोखरा म्याराथन
पोखरा विश्वविद्यालयमा उद्यमशीलता विकास विषयको पढाइ सुरू
फागुन २१, २०७७झुठो विवरण सिफारिस गर्ने वडाध्यक्ष र सचिवले गरे आत्मसमर्पण
फागुन २१, २०७७गण्डकीमा खोप भण्डारगृह शिलान्यास
फागुन २१, २०७७तालवाराही मन्दिरमा क्युआर कोडबाट भेटी
फागुन २१, २०७७सरकार र विप्लव समूहबीच सहमतिपत्रमा हस्ताक्षर
फागुन २१, २०७७