काठमाडौँ, १२ चैत । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) ले लामो समयदेखि पत्रकारिताका माध्यमबाट राष्ट्रको विकासमा योगदान पु¥याएका १५ महिला पत्रकारको जीवनमा आधारित कृति सार्वजनिक गरेको छ ।
डब्लुडब्लुजेले मंगलवार आयोजना गरेको कार्यक्रममा ‘क्रियाशील पत्रकार महिला’ नामक जीवनीको राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले सार्वजनिक गरेकी हुन् । उनले पछाडि परेका वर्गका आवाजलाई पत्रकारिताको माध्यमबाट प्राथमिकता दिनुपर्नेमा जोड दिँदै सूचनाबाट विमुखी नागरिकलाई सुसूचीत गर्न आग्रह गरिन् ।
राष्ट्रिय समाचार समितिका महाप्रबन्धक ओपेन्द्र शर्माले महिला पत्रकारको सङ्ख्यात्मक उपस्थिति पनि बढाउनुपर्नेमा जोड दिँदै पत्रकार महासङ्घदेखि सबैले त्यस विषयमा ध्यान दिनुपर्ने बताए ।
नेपाल टेलिभिजनका अध्यक्ष डा महेन्द्र विष्टले नेपालको पत्रकारिता क्षेत्रमा विशेष योगदान पु¥याउनुभएका महिला पत्रकारको जीवनी निकाल्नु महत्वपूर्ण भएको र यस कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे ।
नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले पत्रकार महिलालाई नेतृत्व तहमा ल्याउन महासङ्घले विधान संशोधन गरेको र आगामी दिनमा पत्रकार महिलाको गुणात्मक तथा सङ्ख्यात्मक वृद्धि हुने विश्वास व्यक्त गरे ।
डब्लुडब्लुजेका अध्यक्ष अमिका राजथलाले लामो समय नेपाली पत्रकारितामार्फत धेरैको जीवनी लेख्नुभएका महिला पत्रकारको आफ्नै जीवनी कस्तो थियो, त्यो अध्ययन गरेर अरुलाई पनि प्रेरणा मिल्ने उद्देश्यले सो कृति प्रकाशन गरेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने विश्वास व्यक्त गरे ।
कृतिमा राष्ट्रिय समाचार समितिका पूर्वमहाप्रबन्धक निर्मला शर्मा र पूर्वनायव महाप्रबन्धक सरला सङ्ग्रौला, गोरखापत्र दैनिकका नायब महाप्रबन्वक हरिकला अधिकारी, पत्रकार बबिता बस्नेत, आरती चटौत, सङ्गीता लामा, लिला शाह, रीता गुरुङ, राधा अधिकारी, रमा पराजुली, रम्यता लिम्बु, प्रेमकुमारी पन्त, नेपालको पहिलो फोटो पत्रकार उषा तितिक्षु, अन्जना ताम्ली र अक्षरी पोखरेलको जीवनी रहेको छ ।
जीवनीमा नेपाली पत्रकारिता गर्दाका अनुभव, पत्रकारिता गर्दाका संघर्ष, परिवार र बच्चालाई व्यवस्था गरेर गर्नु पर्दाका कठिनाइ जस्ता विषयवस्तु उल्लेख गरिएको छ ।
Related News
सम्बन्धित समाचार
दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता
युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण
रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता
वन्यजन्तु सप्ताहमा चरा अवलोकन
hero news full width
मुख्य समाचार
प्रेमील गजलकारको भावपूर्ण बिदाइ
अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
वैशाख ५, २०८१प्रकट पगेनी ‘शिव’ को निधन
वैशाख ४, २०८१कामचलाउ मुख्यमन्त्री अधिकारी विश्वासको मत लिने तयारीमा
वैशाख ४, २०८१