काठमाडौँ, १२ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पार्टी हित विपरीत क्रियाकलाप र गतिविधि गर्ने सदस्यलाई कारवाही गर्ने तयारी थालेको छ ।
काङ्ग्रेस केन्द्रीय अनुशासन समितिको आज बसेको पहिलो बैठकले पार्टी हित विपरीत कार्यमा संलग्नताबारे प्रमाणसहित २०७५ साल चैतसम्म प्राप्त उजुरी उपर मात्र छानबिन गरी कारवाही गर्ने निर्णय गरेको छ । समितिका संयोजक केन्द्रीय सदस्य भीष्मराज आङदम्बेको अध्यक्षतामा बसेको बैठकले अनुशासन समितिको कार्य्विधि २०७५ लाई पारित गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकले पार्टी हित विपरीतका गतिविधि पार्टी विधान र नियमावली बमोजिम अनुशासन समितिको क्षेत्राधिकार भित्रको विषय हुने भएकाले त्यस किसिमका गतिविधि नगर्न सचेतसमेत गराएको छ । संयोजक आङदम्बेले पार्टी कार्यालयमा प्राप्त उजुरीमासमेत छानबिन गरी कारवाही प्रक्रिया अघि बढाइने बताए । “यो शुरुआत हो, समितिको काम गर्ने कार्य्विधि बनाएर यस अघिको समितिको तथ्याङ्क पनि अध्ययन गरी काम अघि बढाउछौँ”, उनले भने ।
पार्टीको केन्द्रीय कार्यसमितिको यही चैत ४ गते बसेको बैठकले केन्द्रीय सदस्य आङदम्बेको संयोजकत्वमा केन्द्रीय सदस्यहरु किशोरसिंह राठौर, देवेन्द्रराज कँडेल, उमाकान्त चौधरी र धनराज गुरुङ सदस्य रहेको अनुशासन समिति गठन गरेको थियो ।
विसं २०७४ सालमा भएका स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवार विरुद्ध बागी दिने, उम्मेदवारलाई हराउन भूमिका खेल्ने र अन्तर्घात गर्ने पार्टीका सदस्यलाई कारवाही गर्न काङ्ग्रेसले यस अघि पनि अनुशासन समिति बनाएको थियो । यस अघिको अनुशासन समितिका संयोजक रमेश रिजालले पदबाट राजिनामा दिएपछि सो समिति विघट्न भएको थियो । तत्कालीन अनुशासन समितिमा उमाकान्त चौधरी, कमला पन्त, सुरेन्द्र पाण्डे र हृदयराम थानी सदस्य थिए ।
पार्टी केन्द्रीय कार्यालयमा ५० जिल्लाबाट करीब ३५० नेता कार्यकर्ता्विरुद्ध पार्टी हित विपरीत कार्य गरेको भनी कारवाहीका लागि उजुरी परेको थियो । त्यसमध्ये छानबिन गरी करीब २०० जनालाई स्पष्टिकरण सोध्ने निर्णय भएको र त्यसमध्ये १०० जनालाई स्पष्टिकरण सोधेर जवाफ पनि आइसकेको सो समितिका सदस्य सचिव केशव रिजालले राससलाई जानकारी दिए ।
केन्द्रीय सदस्य एवं समिति सदस्य धनराज गुरुङले कसुरका आधारमा पार्टी हित विपरीतका क्रियाकलापमा संलग्न सदस्यलाई एक वर्षदेखि पाँच वर्षसम्म पार्टीबाट निलम्बन गर्न सक्ने विधानमा व्यवस्था रहेको जानकारी दिए । काङ्ग्रेसले २०७४ सालको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा अन्तर्घातलाई पार्टी पराजयको एक प्रमुख कारण मानेको थियो । यद्यपि काङ्ग्रेसमा तत्कालीन दुई ठूला कम्युनिष्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको चुनावी गठबन्धनले निर्वाचनमा अनपेक्षित परिणाम भोग्नु परेको भन्ने मत पनि बलियो रहेको छ ।
Related News
सम्बन्धित समाचार
प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार निर्मला शर्मालाई
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
प्रदेशका संरचना र खर्च कटौती गर्न कार्यदल
संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
उदार संविधान, अनुदार नेतृत्व
hero news full width
मुख्य समाचार
एमाले गण्डकी प्रथम अधिवशेनको तयारीमा, लोगो सार्वजनिक
गण्डकीलाई लामाचौर कप भलिबल उपाधि
असाेज २, २०८०पोखरासहित गण्डकीका शिक्षाकर्मीलाई राष्ट्रिय शिक्षा पुरस्कार
असाेज २, २०८०बागलुङको बडिगाडमा खुल्यो आँखा उपचार केन्द्र
असाेज १, २०८०लामाचौर कप भलिबल, महिलातर्फ पुलिसलाई उपाधि, पुरुषको फाइनल भोलि
असाेज १, २०८०दोस्रो पञ्चवर्षीय योजनाको आधारपत्र : बसाइँसराइँ रोक्ने, उत्पादन बढाउने
असाेज १, २०८०