विद्युत पोलमा छुँदा करेन्ट लागि स्कुले वालकको मृत्यु

आदर्श समाज सम्वाददाता
चैत्र १२, २०७५
ENERGY-electricity-pool-on-paddock-2_LR

पोखरा, १२ चैत । लम्जुङ जिल्लाको मध्यनेपाल नगरपालिका–४ दोपहरे स्थित मालीका आधारभूत विद्यालय कक्षा ८ मा अध्ययनरत १४ बर्षीय वालक अनमोल थापाको करेन्ट लागेर मृत्यु भएको छ ।

मंगलवार विहान स्कुल जने क्रममा विद्युत पोलमा छुनजाँदा करेन्ट लागेर उनको घटनास्थलमा नै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । करेन्ट लागेका उनी विद्युत पोलमा नै टाँसिएको अवस्थामा प्रहरीले उनलाई वाहिर निकालेको थियो । घटनास्थलको बारेमा प्रहरीले थप अनुसन्धान अगाडि वढाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width