पोखरा, १२ चैत । स्वच्छ हराभरा, पोखरा अभियानलाई सार्थक बनाउने उद्देश्यले बाबा फाउण्डेसन नेपालले रोटरी क्लब अफ पोखरा न्यूरोडको सहकार्यमा जिल्ला प्रहरी कार्यालय कास्कीलाई डष्टविन वितरण गरेकोे छ ।
मंगलबार आयोजित एक कार्यक्रममा फाउण्डेसनका उपाध्यक्ष सरिता ताम्राकार, सचिव टंकराज अधिकारी, रोटरी क्लब अफ पोखरा न्यूरोडका निर्वमान अध्यक्ष प्रेमप्रसाद शर्मा र ईलेक्ट प्रेसिडेन्ट दिनेशचन्द्र बास्तोला लगाएतले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक ओमबहादुर रानालाई १० थान डस्विन हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक ओमबहादुर रानाले वालवालिका र वातावरण जस्तो संबेदनशिल क्षेत्रमा काम गरेको संस्था बाबा फाउण्डेशनले यस कार्यालयमा डष्टविन दिएकोमा धन्यवाद ब्यक्त गर्दै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।
फाउण्डेशनका उपाध्यक्ष सरिता ताम्राकारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फाउण्डेशनका सचिव टंकराज अधिकारी, रोटरी क्लब अफ पोखरा न्यूरोडका निर्वमान अध्यक्ष प्रेमप्रसाद शर्मा र ईलेक्ट प्रेसिडेन्ट दिनेशचन्द्र बास्तोला लगाएतले वालवालिका र वातावरणको बारेमा आ–आफ्नो भनाई राखेका थिए ।
कार्यक्रममा फाउण्डेशनका शुभचिन्तक पोखरा ७ घारीपाटन निवासी गीता अधिकारीको जन्मदिनको उपलक्ष्यमा फाउण्डेशनका उपाध्यक्ष सरिता ताम्राकार, सचिव टंकराज अधिकारी र कार्यसमिति सदस्य एवं रोटरी क्लब अफ पोखरा न्यूरोडका निर्वमान अध्यक्ष प्रेमप्रसाद शर्माले संयुक्त रुपमा शुभकामना सहित मायाको चिनो प्रदान गरेका थिए ।
विगत १० वर्षदेखि बालबालिका र वातावरणको क्षेत्रमा काम गर्दै आइरहेको फाउण्डेशनले कुनै बैदेशिक सहयोग विना स्वदेशि श्रोत र साधनको पहिचान गरि परिचालनबाट वालबालिका र वातावरणको क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएको फाउण्डेशनका सचिव टंकराज अधिकारीले जानकारी दिए । फाउण्डेशनले बिभिन्न सामुदायिक बिद्यालयमा अध्ययनरत गरिव जेहेन्दार निमुखा वालवालिकालाई पठनपाठनका लागि शैक्षिक सामाग्री वितरण गर्दै आएको छ ।
Related News
सम्बन्धित समाचार
ड्राइभिङ स्कुल संघमा तुलबहादुर
सूर्यको लालित्यमा ध्यानमग्न
९ लाख छात्रवृत्ति दिँदै कन्या क्याम्पसले मनायो वार्षिकोत्सव
एसओएस गण्डकीमा ‘मानव पुस्तकालय’ को दोस्रो शृंखला
लेखनाथ महोत्सवको ६० प्रतिशत स्टल बुकिङ
hero news full width
मुख्य समाचार
पोखरामा देशकै ठूलो अटो मेला
लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा २ युवतीको मृत्यु
मंसिर २४, २०८०प्राडा बुद्धिलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, दीपेन्द्रलाई पत्रकारिता पुरस्कार
मंसिर २४, २०८०१७ वर्षे बालकले बस चोरेर चलाउँदा
मंसिर २४, २०८०‘फरक हिमाली क्षेत्रका समान जीवनशैली’
मंसिर २४, २०८०पुम्दीकोटमा रुंगटा एक्लैको २ करोड दान
मंसिर २३, २०८०