ठिनी, १२ चैत । मुस्ताङको घरपझोङ गाउँपालिका–१ छैरोमा रहेको तिब्बती शरणार्थी शिविर सुक्खा पहिरोको जोखिममा परेको छ ।
बस्ती तल रहेको कालीगण्डकी किनार तर्फबाट सुक्खा पहिरो खस्न थालेपछि ६५ घरधुरी तिब्बती शरणार्थीको बसोवास रहेको शिविर जोखिममा परेको हो । सुक्खा पहिरोले सोमबार शरणार्थी शिविरको स्वास्थ्यकेन्द्र भवन र तीन सार्वजनिक शौचालय भत्काएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
आठ घर उच्च जोखिममा परेका छन् । प्रजिअ गङ्गाबहादुर क्षेत्रीको नेतृत्वमा गएको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको साथै जनप्रतिनिधि र स्थानीयवासीले उच्च जोखिममा रहेका घरका सामान सुरक्षित ठाउँमा स्थानान्तरण गरेका छन् ।
स्थानीयवासीका अनुसार कालीगण्डकी किनारमा ग्याबियन पर्खाल निर्माणका लागि केही दिन एक्साभेटर (डोजर) प्रयोग गरिएको थियो । एक्साभेटरको कम्पन, किनारमा खनिएको खाडल, कमजोर भू–बनोट र हिउँ पग्लिएपछि जमीन गलेर पहिरो गएको स्थानीयवासीको भनाइ छ ।
पहिरोले मार्फा गाउँ हँुदै छैरो र चिमाङ गाउँजाने पैदलमार्ग बगाएपछि आवतजावतमा कठिनाइ भएको छ । पहिरो नियन्त्रणका लागि कालीगण्डकी किनारमा ग्याबियन पर्खाल निर्माण शुरु गरिएको र जोखिममा परेकालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको प्रजिअ क्षेत्रीले बताए ।
कालीगण्डकी नदीले छैरो क्षेत्रमा खेतीयोग्य जमीन कटान गरेको छ । गत बर्खामा कालीगण्डकीले खेतीयोग्य जमीन कटान गरेको थियो । गत महीना मार्फा क्षेत्रमा जमीन भासिएको थियो ।
Related News
सम्बन्धित समाचार
एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
बराहडाँडा प्राविको भवन निर्माण
कांग्रेस गण्डकीको सम्मेलन तय, विभागमा धमाधम मनोनयन
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
hero news full width
मुख्य समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
मंसिर १८, २०८०प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०