ट्र्याक्टरको ठक्करबाट बालकको मृत्यु

रासस
चैत्र १२, २०७५
hhhh

कञ्चनपुर, १२ चैत । ट्र्याक्टरले ठक्कर दिँदा आज एक बालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका सात वर्षीय हरिश धामी छन् । विद्यालय जाने क्रममा से १ त ५०८७ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए । ट्र्याक्टर चालक ३८ वर्षीय आनसिंह धामी मृतक बालकका ठूलोबुबा रहेको उनले बताए ।

ट्र्याक्टर आउँदै गर्दा बालक अगाडि परेपछि ठक्कर लागेको बुझिएको छ । ट्र्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बालकको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल भीमदत्तनगरमा राखिएको छ ।

Related News

सम्बन्धित समाचार

  • नेपालमा पहिलो पल्ट समलिंगी विवाह

    आदर्श समाज सम्वाददाता मंसिर १३, २०८०
    पोखरा । नेपालमा पहिलो पल्ट समलिंगी विवाह दर्ता भएको छ । बुधबार माया गुरुङ र सुरेन्द्र पाण्डेको विवाह लमजुङको दोर्दी…
  • राष्ट्रियसभा निर्वाचन माघ ११ गते

    आदर्श समाज सम्वाददाता मंसिर १३, २०८०
    काठमाडौ‌ं ।  सरकारले राष्ट्रियसभाको रिक्त हुने सदस्य पदका लागि आगामी माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित…
  • लम्पी स्किनबाट पीडित किसानलाई राहत

    आदर्श समाज सम्वाददाता मंसिर १३, २०८०
    दमौली । म्याग्दे गाउँपालिकाले लम्पी स्किन रोगको संक्रमणका कारण पीडित किसानलाई राहत हस्तान्तरण गरेको छ । गत आर्थिक वर्षमा महामारीरूपमा…
  • बुद्ध एयरको जहाज  ‘ओभरसुट’

    रासस मंसिर १२, २०८०
    काठमाडौं । बुद्ध एयरको जहाजले झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा ‘ओभरसुट’ गरेको छ । काठमाडौँबाट यात्रु बोकेर उडेको जहाजले आज साँझ…
  • जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी

    रासस मंसिर १२, २०८०
    जाजरकोट । गत कात्तिक १७ गते राति यहाँको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा…

hero news full width