रुपन्देही, १२ चैत ।लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले ‘दक्षिण एशियामा शान्ति र मेलमिलापका लागि धर्म र संस्कृतिको भूमिका’ विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन मंगलवारदेखि लुम्बिनीमा शुरु भएको छ ।
नेपाल सरकार, लुम्बिनी विकास कोष, र विनचेस्टर विश्वविद्यालय बेलायतको संयुक्त आयोजनामा शुरु भएको सो सम्मेलनमा बेलायत, क्यानडा, बङ्गलादेश, नेदरल्याण्डस, इन्डोनेसिया, श्रीलङ्का, भारत र नेपाललगायत १५ मुलुकका २४ जना विज्ञले कार्यपत्र प्रस्तुत गर्दैछन् ।
सम्मेलनमा विभिन्न मुलुकले द्वन्द्व अन्त्यका लागि गरेका प्रयास, धार्मिक तथा साम्प्रदायिक युद्धको समाधानका उपायलगायतका विषयमा छलफल हुनेछ । सम्मेलनमा ‘शान्ति स्थापनामा बुद्ध धर्मको महत्व’ विषयमा केन्ट विश्वविद्यालयका प्रा ह्युग मियल, ‘श्रीलङ्कामा युद्धपछिको धार्मिक कट्टरता’का विषयमा बेलायतका चास मोरिसन, ‘नेपालको धर्म्निरपेक्षता र दिगो धार्मिक सहिष्णुता’का विषयमा डा योगी सिंहनाथलगायतले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।
त्यस्तै सहभोजले शान्ति स्थापनामा खेलेको भूमिका, नेपालको शान्ति र पुनर्मिलनलगायतका विषयमा पनि कार्यपत्र प्रस्तुत हुनेछ । बुधबार लुम्बिनी घोषणापत्र जारी गर्दै सम्मेलन समापन हुने लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय शाक्यपुत्तले बताए ।
यसअघि सम्मेलनको उद्घाटन सत्रमा बोल्दै विज्ञले बुद्धका उपदेशलाई आत्मसात् गर्नसके संसारबाट सबैखालका द्वन्द्वहरुको अन्त्य गर्न सकिने बताएका छन् । त्यसका लागि संसारभरि बुद्धका उपदेशको प्रचारप्रसार गर्न जरुरी रहेको उनीहरुको भनाइ छ ।
नेपाललगायत दक्षिण एशियाका विभिन्न मुलुकमा लामो समय चलेका द्वन्द्वको समाधान भएको स्मरण गर्दै उनीहरुले दिगो शान्ति स्थापनाका लागि बुद्ध शिक्षाको औपचारिक अध्ययन अध्यापन जरुरी रहेको बताए ।
सो अवसरमा केन्ट युनिभर्सिटी बेलायतका प्रा डा मार्क वइन, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति हृदयरत्न बज्राचार्य, कोषका उपाध्यक्ष भिक्षुु मेत्तेय लगायतले बुद्ध धर्म र दर्शनको विविध पक्षमाथि प्रकाश पार्नुभयो । हिन्दू, बुद्ध र इस्लाम धर्मका प्रतिनिधिले संयुक्तरुपमा सम्मेलनको उद्घाटन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
उपभोक्तालाई नै छैन वास्ता, राेकिएन ठग्ने ठगिने क्रम
‘प्रधानमन्त्री पाउँ पनि भनेको छैन, आयो भने भाग्नेवाला पनि छैन’
‘सरकार र चन्द समूहको वार्ता सकारात्मक दिशातर्फ उन्मुख’
स्मार्ट सिटी पोखरामा फोहोरको दुर्गन्ध
पोखरा प्रज्ञा प्रतिष्ठान कुलपति, प्राज्ञ सदस्यले लिए सपथ
hero news full width
मुख्य समाचार
भिर छिचाेलेर दर्मिजामा माेटरबाटाे
फेवातालमा पानी भर्न थालेपछि बल्ल माटाे झिक्न सुरु
फागुन १९, २०७७आँखा उपचारमा अब्बल पाेखराकाे हिमालय आँखा अस्पताल
फागुन १८, २०७७बिएण्डसी टिचिङ हस्पिटललाई सम्बन्ध दिने तयारी
फागुन १८, २०७७फेवातालको विवरण पहिलोपल्ट राजपत्रमा, माटो निकाल्ने कार्य सुरु
फागुन १८, २०७७प्रदेश सरकार भूमिहीन, संघको जग्गामा पहिलाे भवन शिलान्यास
फागुन १८, २०७७