यौन हिंसाबाट बच्न निःशुल्क एक महिने आत्मरक्षा तालिम

आदर्श समाज सम्वाददाता
चैत्र १२, २०७५
54521081_2169272036716741_7664036455840219136_o

पोखरा, १२ चैत । यौन हिंसावाट बच्न छात्रालाई एक महिने निःशुल्क आत्मरक्षा तालिम संचालनमा ल्याइएको छ ।

बलात्कार एवं यौनजन्य घटना वढेसँगै यस्तो तालिमको आवश्यकता महशुस गरिएपछि यस्तो तालिम संचालनमा ल्याइएको हो । यस्तै घटनालाई मध्यनजरगरी पोखरामा लेकसाइड स्थित लेकसाइड डोजाङ्गले एक महिने निःशुल्क मार्सल आर्ट मध्येको तेक्वान्दो डब्ल्युटिएफ तालिम संचालन गरेको हो ।

महिलाहरुले सम्भावित आक्रमणलाई केहि हदसम्म भएपनि शारीरिक तथा मानशिक रुपले प्रतिकार गर्न सक्ने क्षमताको विकास गर्न आईतबारदेखि यस्तो तालिम संचालनमा ल्याइएको हो ।

तालिममा पोखराको तालवाराही मा.वि, वाराही मा.वि. का साथै श्रीकृष्ण माविमा अध्ययनरत ५० भन्दा बढी छात्रा सहभागी छन । किशोरीको पारिवारिक पृष्ठभूमि, राजनीतिक पहुँच, उनको कमजोरी लगायतका फाईदा उठाएर पुरुषबाट वालिका तथा किशेरीहरु बलात्कृत हुने गरेको पाइएको छ ।

एक महिले तालिम उपयोगी हुने लेकसाइड डोजाङ्गका प्रमुख तथा प्रशिक्षक प्रीतम कुवँरले जानकारी दिए । एक महिने निःशुल्क तालिममा यस वर्षदेखि पोखराको ६ नं. वडा कार्यलय तथा स्थानीय जनप्रतिनिधि तथा समाजसेवीहरुले समेत सहकार्य गरेका छन ।

Related News

सम्बन्धित समाचार

hero news full width