प्रतिबन्ध फिर्ता नलिए सरकारका कार्यक्रममा पनि प्रतिवन्ध– विप्लव

आदर्श समाज सम्वाददाता
चैत्र १२, २०७५
ob_6d2320_natra-bikram-chanda-biplov-maoist-lea

पोखरा, १२ चैत । सरकारले लगाएको प्रतिवन्धविरुद्ध विप्लव समूहले आन्दोलनका कार्यक्रम ल्याउने घोषणा गरेको छ ।
साे समूहले चैत्रभित्र प्रतिबन्ध हटाउन सरकारलाई समयावधि दिएको छ, त्यो समयमा प्रतिबन्ध नहटाए आफूहरुले सरकारका कार्यक्रममाथि प्रतिबन्ध लगाउन वाध्य हुने जनाएको छ । विप्लव समूहमाथि सरकारले २८ फागुनमा प्रतिबन्ध लगाएको थियो ।

सुरक्षाकर्मीले पछिल्लो  पटक मध्य कमाण्ड प्रमुख हेमन्तप्रकाश वलीसहितका नवलपरासीवाट केही नेतालाई पक्राउ गरेको छ । सोमबार नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले वक्तव्य जारी गर्दै पक्राउ परेका आफ्ना नेता कार्यकता रिहाईको माग गर्दै चरणवद्ध आन्दोलनको घोषणा गरेका छन् ।

विप्लव समूहले १९ गते देशभर अन्तरक्रिया, २१ गते जनवर्गीय संगठनको विरोध प्रदर्शन, २२ र २३ गते कालो झण्डा प्रदर्शन र २४ गते देशभर जनप्रदर्शन गर्ने बताएको छ । ‘चैतभित्र प्रतिबन्ध नहटाएमा साथै शान्तिपूर्ण कार्यक्रम गर्न नदिएमा केपी ओली सरकारका कार्यक्रमविरुद्ध प्रतिबन्ध र आम हड्तालको तयारी गरेको विप्लवको वक्तव्यमा भनिएको छ ।सरकारले भने चैतभित्र विप्लव समूहको विध्वंसात्मक गतिविधि नियन्त्रणमा लिइसक्ने बताएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width