तनहुँ, ११ चैत। गण्डकी प्रदेश सरकारले कृषिमा नमूना गाउँ निर्माण गर्ने अभियान शुरु गरेको छ। तनहुँको भीमाद नगरपालिका–९, पाथर्दीबाट ‘स्मार्ट भिलेज’ निर्माणको घोषणा गरिएको हो।
सरकारले प्रदेशका ३६ वटा निर्वाचन क्षेत्रका कम्तीमा एउटा गाउँ पर्ने गरी मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ कार्यक्रम लागू गर्दैछ ।
प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार विशेष कार्यक्रमबीच ‘स्मार्ट भिलेज’ स्थापनाको घोषणा गरे । उनले गाउँ तहमै स्वरोजगार सिर्जना गर्न नमूना कृषि गाउँ कार्यक्रम शुरु गरिएको बताए।
‘पढेका मान्छेहरु बेरोजगार छन्। हामीलाई चाहिएको जनशक्ति हामीसँग छैनन्। टेक्निकल पढेकाहरु विदेशमा छन्, ’ उनले भने, ‘जमिनलाई उर्वर बनाउन र गाउँ तहमै रोजगारी सिर्जना गर्न यो कार्यक्रम शुरु गर्न लागेका हौं।’ उनले दक्ष र प्रदेशको आवश्यकता अनुसार जनशक्ति उत्पादन गर्न विश्वविद्यालय खोल्ने तयारी गरिरहेको बताए।
‘सर्टिफिकेट भएर पनि काम गर्ने क्षमता छैन। अब यसलाई चिर्न प्राविधिक विश्वविद्यालय चाहिएको छ, ’ उनी भन्छन्, ‘आफ्नै नीति र लक्ष पूरा गर्न पनि प्राविधिक विश्वविद्यालय खोल्ने तयारी छ। यसबाट सबैलाई पढ्ने अवसर सिर्जना गनेर्छौं।’
मुख्यमन्त्री गुरुङले उत्पादन र बजारलाई सन्तुलन कायम गराउन आवश्यक तालिम उपलब्ध गराउने र बेरोजगारी अन्त्यमा सरकारले जोड दिएको सुनाए।
सभामुख नेत्रनाथ अधिकारीले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष पूरा गर्न जनस्तरबाट पनि साथ र सहयोग आवश्यक रहेको बताए।
आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले अवसर र सुविधा खोज्दै मान्छेहरु शहर झरेका भन्दै अब गाउँमा विकास पुर्याएर गाउँका मान्छेलाई उतै टिकाउने नीति सरकारले ल्याउने बताए। विस्तारै स्वरोजगारका कार्यक्रम थालिएको र यसलाई प्रदेशका हरेक गाउँमा पुर्याउने उनको भनाइ छ।
गृहमन्त्री हरिबहादुर चुमानले सरकार समृद्धिको बाटोमा लागिसकेको र यो अभियानमा सबैको साथ आवश्यक रहेको बताए। प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बजारको मागमा आधारित भएर उत्पादनमा जोड दिनुपर्ने सुझाव दिए। सरकारको सफलता जनताको दैनिकीसँग जोडिएको भन्दै त्यसतर्फ ध्यान दिन उनको आग्रह छ। कृषि मन्त्री लेखबहादुर थापाले सरकारको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गराउन सरकार सचेत रहेको भन्दै सरकार जनताको घरघरमा पुगेको बताए। उनले केही समयभित्रै ३६ वटै निर्वाचन क्षेत्रमा कार्यक्रम लञ्चिङ गर्ने जानकारी दिए। पाथर्दीमा विशेषगरी बाख्रापालन र अन्य अर्गानिक खेतीमा कृषकलाई आकर्षक कार्यक्रम बनाएर कृषि क्षेत्रमा आवद्ध गराउने सरकारको लक्ष्य छ। यो कार्यक्रममा ली–वर्डको समेत सहयोग रहने बताइएको छ।
Related News
सम्बन्धित समाचार
काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
ग्रामीण क्षेत्रमा सडक कालोपत्रे
संसद पुनर्स्थापनापछि विजय र्याली
सहकारी रकम हिनामिना गर्ने ५ जनालाई ३ वर्ष कैद
नेपाल भ्यालुअर्स एसोसियसन गण्डकीमा राजेन्द्र लिगल
hero news full width
मुख्य समाचार
स्कुल टिकाउन विद्यार्थी वन्धक !
नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७संसद बैठकः सत्तापक्षको बेन्च झमेला
फागुन १६, २०७७आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
फागुन १६, २०७७