पोखरा, ११ चैत । सञ्चारकर्मी एवं गायक सन्तोष बस्याल राष्ट्रव्यापी खुला आधुनिक संगीत प्रतियोगिता–२०७५ अन्तर्गत गण्डकी प्रदेशस्तरमा प्रथम हुन भएका छन् ।
रेडियो नेपालको ६९ औं वार्षिकोत्सव अवसरमा पोखरामा सोमबार आयोजित प्रतियोगितामा गायक बस्यालले २१ जना प्रतिष्पर्धीलाई पछि पार्दै प्रथम हुन सफल भएका हुन् । आगामी चैत १८ मा काठमाडौंमा प्रदेशस्तरबाट छानिएका २१ प्रतिष्पर्धीबीच पुनः प्रतिष्पर्धा हुनेछ ।
गण्डकी प्रदेशस्तरमा रोहित गुरुङ दोस्रो र खुसी परियार तेस्रो भए । प्रथम, दोस्रो र तेस्रोलाई पुरस्कार राशि क्रमशः १० हजार, सात हजार र पाँच हजार रुपैयाँ, मेडल र प्रमाणपत्र थियो ।
निर्णायकमा गायक तथा संगीतकार रामभक्त जोजिजु, गायिका इतु जोजिजु र पशुपति गुप्ता थिए ।
रेडियो नेपालको प्रादेशिक प्रशासन कार्यालय गण्डकी प्रदेश पोखराको आयोजनामा भएको उक्त कार्यक्रमको उद्घाटन आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले गरेका थिए । उनले रेडियो नेपालले नेपालको बहुजाति, बहुभाषी र बहुसांस्कृतिक विशेषतालाई समेटेको बताए ।
रेडियो नेपाल क्षेत्रीय प्रशारण प्रमुख सुरेन्द्रप्रसाद यादवको अध्यक्षतामा सञ्चालित ऊक्त कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, प्रदेश कानून मन्त्रालयका सचिव फणीन्द्रराज पोखरेल, साहित्यकार तीर्थराज श्रेष्ठ लगायतले बोलेका थिए।
कार्यक्रममा हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङ, संगीतकार नवराज बराल, श्रीमान थुलुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
Related News
सम्बन्धित समाचार
घरबेटीकी छोरी
रवीन्द्र अधिकारीकाे स्मृति ग्रन्थ सार्वजनिक
गैंडाकोटको हर्कपुरमा फाइनप्रिन्ट फिभर
‘चुल्ठो’ : कविताको खडेरीमा राहत
पोखरा प्रज्ञा प्रतिष्ठान कुलपति, प्राज्ञ सदस्यले लिए सपथ
hero news full width
मुख्य समाचार
ऋषि कट्टेलकाे नेकपा वैधानिक, अोली- दाहालकाे खाेरज
घुम्ने कर्मचारीलाई महिनाभरिको तलब, आधा महिना छुट्टी
फागुन २३, २०७७सहिदका छोराछोरीलाई उच्च शिक्षाको चिन्ता
फागुन २३, २०७७यसरी शुरु हुँदै छ संसद
फागुन २२, २०७७पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
फागुन २२, २०७७खेलकुदको अब्बल ब्रान्ड : पोखरा म्याराथन
फागुन २२, २०७७