हेमजामा भएको कानूनी साक्षरता कार्यक्रमका सहभागी । तस्वीरः श्रीभद्र पौडेल/आदर्श समाज
हेमजा, ११ चैत।वडा कार्यालय तथा महिला सञ्जाल पोखरा–२५, हेमजाको आयोजनामा कानूनी साक्षरता कार्यक्रम सोमबार सकिएको छ।
तीन दिनसम्म चलेको कार्यक्रमको समापनमा प्रमुख अतिथि वडाध्यक्ष शोभाकर तिम्सिनाले प्राप्त सीप व्यवहारमा उतार्नुपनेर्मा जोड दिए । उनले हेमजाका महिलाले अब वडाको नेतृत्व गर्न सक्ने क्षमता विकास गर्नुपनेर्मा जोड दिए। उनले स–साना झंैझगडा टोलमै मिलाउन सहभागी महिलालाई सुझाव पनि दिए।
अधिवक्ता भीमप्रसाद श्रेष्ठले सकारात्मक सोचले नै जीवन उपयोगी र खुसी हुने औँल्याएका थिए।
कार्यक्रम संयोजक तथा महिला सञ्जाल अध्यक्ष रमा त्रिपाठीले अरुलाई सम्मान गर्न सकेमात्र आफूले सम्मान पाउने बताइन।त्यस अवसरमा सहभागीतर्फबाट शान्ति शर्मा र रीता कार्की कुँवरले भनाइ राख्दै कार्यक्रम प्रभावकारी बनेको प्रतिक्रिया दिए।
कार्यक्रममा अधिवक्ता जानकी शर्मा, वरिष्ठ कानून अधिकृत नारायणप्रसाद शर्मा, पोखरा महानगर कानुन शाखा प्रमुख राममणि अधिकारी, सरसफाइ शाखा प्रमुख कल्पना बराल र अधिवक्ता भीमप्रसाद श्रेष्ठले सहजीकरण गरेका थिए।
उनीहरुले विभिन्न मुद्दा, अंशवन्डा, घरेलु हिंसा, उजुरी दर्ता, संविधानमा भएका कानूनी अधिकार, न्यायिक समिति गठन, महानगरपालिकाको न्यायिक समिति कार्यविधिसम्बन्धी ऐन २०७४, फोहोर व्यवस्थापन तथा सकारात्मक सोचबारे जानकारी दिएका थिए।
वडा सदस्य तारा विकको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वडा सदस्य लक्ष्मी अधिकारीले स्वागत र कार्यक्रम संयोजक तथा महिला सञ्जाल हेमजा अध्यक्ष रमा त्रिपाठीले संचालन गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
पोखराको फुटपाथ र पार्किङ व्यवस्थापन गर्न पाेउवा संघले बुझायो ज्ञापनपत्र
पेचिलो पोखराको पार्किङ
विन्दुवासिनी संस्कृत विद्यापीठको पक्की छात्राबास
माटो निकालेर फेवातालको आयु बढाइने
पाेखरा महानगरमा थपिए ६ ऐन, १७ ऐन संशोधन
hero news full width
मुख्य समाचार
स्कुल टिकाउन विद्यार्थी वन्धक !
नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७संसद बैठकः सत्तापक्षको बेन्च झमेला
फागुन १६, २०७७आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
फागुन १६, २०७७