रुपन्देही, ११ चैत । प्रदेश ५ को सरकारले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रदेशका चार जिल्लामा सांस्कृतिक डबली निर्माण गर्ने भएको छ। पर्यटकीय सम्भावना भएका ठाउँमा सांस्कृतिक डबली तथा खुला नाचघर निर्माण प्रक्रिया अगाडि बढेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ।
यस वर्ष पाल्पाको तानसेन, दाङको घोरदौरा, रुपन्देहीको नुवाकोट र बर्दियाको ठाकुरद्वारामा खुला नाचघर निर्माण प्रक्रिया अगाडि बढाएको सो मन्त्रालयका सचिव धनञ्जय पौडेलले जानकारी दिए। दर्जनौं पर्यटकीय सम्भावनालाई मध्यनजर गरेर प्रदेश सरकारले पर्यटकीय क्षेत्रमा लगानी गरेको छ। “अब प्रदेशका कला र संस्कृति नाचघरमै बसेर हेर्न पाइनेछ”, सचिव पौडेलले भने, “आन्तरिक र बाह्य पर्यटकलाई ध्यानमा राखेर नाचघर निर्माणको प्रक्रिया थालेका छौँ।” प्रदेश सरकारले सांस्कृतिक डबली तथा नाचघर निर्माणका लागि २/२ करोडका दरले बजेट विनियोजन गरेको छ।
खुल्ला नाचघर निर्माणका लागि पाल्पाको श्रीनगरमा जग्गाको टुङ्गो लागिसकेको छ। अर्धचन्द्राकारमा निर्माण गरिने नाचघरमा ६ सय जना दर्शक बसेर हेर्न मिल्ने व्यवस्था मिलाइने छ। पाल्पामा डिभिजन वन कार्यालयमार्फत नाचघर निर्माणको प्रक्रिया अगाडि बढाइएको छ।
नाचघरको बाहिरी भागमा करुवाबाट पानीको फोहरा निस्किएको सुन्दर दृश्यसहितको कलात्मक नाचघर निर्माणका लागि डिपिआरको काम भइरहेको मन्त्रालयले जनाएको छ। यस आर्थिक वर्षमै ठेक्का भएर काम शुरु गर्ने तयारीमा मन्त्रालय छ। नाचघर निर्माणका लागि रुपन्देहीको नुवाकोटमा जग्गा खोज्ने काम भइरहेको छ। यसवर्ष नुवाकोटमा खुला नाचघरको पूर्वाधारको शुरुवात हुने छ। बर्दिया र दाङमा भने नाचघर निर्माणका लागि जग्गाको टुङ्गो लागिसकेको छैन। चालु आवमा बजेट अपुग हुने भएकाले बहुवर्षीय ठेक्का प्रक्रियामार्फत खुला नाचघर निर्माणको काम थालनी गर्ने मन्त्रालयले जनाएको छ।
प्रदेश ५ को समृद्धिको आधार नै पर्यटन भएकाले प्रदेश सरकारले पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनमा विशेष जोड दिएको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीको भनाइ छ। पहिलो वर्ष कानून र कार्यविधि बनाउनमै समय वित्यो अर्को वर्ष देखिने गरी पर्यटन प्रवद्र्धनका लागि कामको प्रक्रिया थाल्छौं मन्त्री गिरी भने, “सरकार मात्र परिवर्तन नभएर व्यवस्था नै परिवर्तन भएका कारण समय लागेको छ।”
नाचघरको निर्माणपछि आन्तरिक पर्यटकका साथै गौतम बुद्धको जन्मस्थल आउने विदेशी पर्यटकले समेत रुपन्देही, पाल्पा, दाङ र बर्दिया पुगेर प्रदेशको कला र संस्कृति हेर्न पाउने छन्। प्रदेशमा निर्माण हुने नाच घरका कारण पर्यटकको बसाइँ समेत लम्बिने प्रदेश सरकारको विश्वास छ।
Related News
सम्बन्धित समाचार
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
पर्वतको फलामखानीका विद्यार्थीलाई पोखरेली व्यवसायीको न्यानो कपडा
‘लोकतन्त्र विरोधी आन्दोलनको भविष्य छैन’
बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
hero news full width
मुख्य समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
मंसिर १७, २०८०एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०